इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ ।
यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्यु दण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ । यद्देपी उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन ।
सन् २०२५ जुनमा इजरायलसँगको इरानको युद्धलाई उल्लेख गर्दै, “सुरक्षा र सैन्य स्थानहरूको फोटो खिचि मोसाद अधिकारीकहाँ पठाएको अपराधमा करिम्पोरलाई दोषी ठहर गरिएको जनाइएको छ ।
गत फेब्रुअरी –२८ मा, इजरायल र अमेरिकाले इरानमा आक्रमण गरे पछि सुरु भएको युद्धलाई अन्त्य गर्नको लागि अप्रिल –८ देखि युद्धविराम लागु भएको छ ।
पछिल्लो समयमा इरानले जनवरीमा सामूहिक विरोध प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरूलाई मृत्युदण्ड दिएको जनाइएको छ जसलाई इजरायल, अमेरिका र प्रतिबन्धित पिपुल्स मुजाहिदीन सङ्गठनसहितका विपक्षी समूहहरूले उक्साएको बताएको छ ।
यस अघि इरानले युद्धपूर्वको विरोध प्रदर्शनको क्रममा मध्य प्रान्त इस्फहानमा प्रहरी अधिकारीहरूलाई आक्रमण गरेको आरोपमा ससान आजादवर भनेर चिनिएका व्यक्तिलाई फाँसी दिएको बताएको छ ।
















नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया