आइतबार, वैशाख २०, २०८३

हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु

मेरोन्यूज २०८३ वैशाख १९ गते १८:०४

काठमाडौँ । बर्दियामा हाइस गाडीको ठक्करबाट आठ वर्षीय बालिकाको मृत्यु भएको छ ।

Advertisement
NiccNicc

गुलरिया नेपालगञ्ज हुलाकी राजमार्ग सडक खण्डको लालपुर भन्ने स्थानमा हाइसले ठक्कर दिँदा सोही ठाउँकी नाजिया साँईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुलरिया देखि नेपागञ्ज तर्फ जाँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो । घटना पछि प्रहरीले हाइस र हाइस चालक अर्जुनप्रसाद आदवलाई नियन्त्रणमा लिएको छ । स्थानीयताअनुसार हाइस गुलरिया देखि नेपालगञ्जतर्फ तिव्र गतिमा गुडिरहेको थियो । 

प्रतिक्रिया