सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक

चितवन । सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिमा रमाउन यहाँ पर्यटक आउने गर्दछन् । गोष्ठीहरु र विवाहका लागि पनि पर्यटक सौराहा आउने गर्दछन् । गत वर्षहरुको तुलनामा यस वर्ष पर्यटकको आगमन उत्साहजनक देखिएको व्यवसायीको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष गुणराज थपलियाले शुक्रबार, शनिबार र आइतबार स्वदेशी पर्यटकको आगमन बढेकाले सौराहा चलायमान भएको छ । उनले भने, “बिदाको दिनमा विदेशी पर्यटक मात्रै पनि ४० प्रतिशतभन्दा बढी छन् ।” भारतीय, चिनियाँ र तेस्रो मुलुकका पर्यटक सौराहा आएका छन् । बिदाको दिनमा पर्यटकको सङ्ख्या नेपाली बढी हुने भए पनि अन्य दिनहरुमा विदेशी ७० प्रतिशत हाराहारी छन् । सरदर यो वर्ष ५० प्रतिशत कोठाहरु भरिएका छन् । उनका अनुसार गत वर्ष यो प्रतिशत ४० हाराहारी थियो ।
चितवन आउने बाटो राम्रो भएमा पर्यटक सङ्ख्या अरू थपिने व्यवसायीको भनाइ छ । पोखराबाट चितवन आउने बाटो राम्रो भए पनि काठमाडौँ र भैरहवाबाट यहाँ आउने बाटो विस्तारका क्रममा रहेकाले सोचेजस्तो पर्यटक आगमन छैन ।
होटल भिस्टा सौराहाका सञ्चालक रमेश सिलवाल बिदा हुँदा स्वाभाविक रुपमा पर्यटक बढ्ने बताउछन् । उनले बिदा हुँदा देशका विभिन्न ठाउँबाट पनि पर्यटक आउन सहज भएको बताए । यस वर्ष आफूले स्विमिङ पुल पनि थप गरेकाले आफ्नो होटलमा पर्यटक बढेको उनको भनाइ छ ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा बिदाको समयमा हात्ती चढ्न पालो कुर्नुपर्ने बताउछन् । बिदामा पर्यटकको आगमन बढेसँगै पर्यटकीय गतिविधिमा रमाउनेहरुको सङ्ख्या पनि बढेको हो । सहकारीअन्तर्गत २५ वटा हात्ती रहेका छन् । ती हात्तीले बिहान र बेलुका पर्यटक घुमाउने गर्दछन् ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्षसमेत रहनुभएका खतिवडा रेष्टुरेन्टहरु पनि बिदाको समयमा भरिभराउ हुने गरेका छन् । अघिल्लो वर्षका तुलनामा अन्य समयमा पनि पर्यटक बढेको उनले बताए ।
सौराहामा १४८ होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । ती होटलमा चार खर्बभन्दा बढी लगानी रहेको अनुमान व्यवसायीको छ । प्रत्यक्ष रूपमा ६ हजार ४०० ले रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । बर्सात लागेसँगै यहाँ आउने पर्यटकको सङ्ख्या घट्ने गर्दछ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया