गर्मीमा खानै हुन्न यी खानेकुरा

काठमाडाैं । गर्मी बढेसँगै शरीरको आवश्यकता पनि परिवर्तन हुन्छ। यस्तो अवस्थामा आहारमा पनि उपयुक्त समायोजन गर्न आवश्यक हुन्छ। तर, धेरै मानिस स्वादका लागि तारेका र अत्यधिक मसलादार परिकार रोज्ने गर्छन्, जसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
विशेषज्ञहरूका अनुसार गर्मीमा खानपानमा सामान्य लापरवाही हुँदा पनि डिहाइड्रेसन, एसिडिटी, अपच तथा अत्यधिक थकानजस्ता समस्या देखिन सक्छन्। त्यसैले, शरीरलाई फिट र ऊर्जावान राख्न गर्मीमा के खाने र के नखाने भन्नेबारे सचेत रहनु अत्यन्तै आवश्यक छ ।
गर्मी मौसममा कस्ता खानेकुरा खानु हुँदैन ?
गर्मीको समयमा आफ्नो शरीरलाई भित्रबाट शीतल राख्नु महत्त्वपूर्ण छ। त्यसैले, धेरै तारेको, मसालेदार र जंक फूडहरूबाट बच्नुपर्छ। यसले डिहाइड्रेसन, एसिडिटी र थकान निम्त्याउन सक्छ।
गर्मीमा यी कुराहरू नखानुहोस्:
१. डीप फ्राइड खानेकुरा (धेरै तेलमा तारेको)
जस्तै :
-समोसा
-पकौडा
-चिप्स
-फ्रेन्च फ्राइज
किन खानु हुँदैन?
धेरै तारेको खानेकुरामा उच्च मात्रामा ट्रान्स फ्याट र स्याचुरेटेड फ्याट हुन्छ। पचाउन समय लाग्छ। यसले भारीपन, अपच, गर्मी र एसिडिटी बढाउन सक्छ। शरीरमा गर्मी र अम्लता बढ्न सक्छ। अत्यधिक क्यालोरी जम्मा हुँदा अल्छी र थकान बढ्छ।
विकल्पमा के खाने?
-उमालेको खाजा (चना, मुग)
-पोलेको मखाना
-भुटेको चना
२. धेरै मसालेदार खाना
जस्तै :
-मसालेदार तरकारी चाट
-मसालेदार ग्रेभी
-तातो मसलाको परिकार
किन खानु हुँदैन?
मसलाले ग्यास्ट्रिक म्यूकोसा (पाचन पथको सुरक्षात्मक तह) लाई जलाउँछ, अम्लता बढाउँछ। यसले शरीरको ताप बढाउँछ, जसले गर्दा पसिना आउने र डिहाइड्रेसन बढ्न सक्छ। पाचन समस्या भएका व्यक्तिहरूलाई बढ्दो समस्याहरू हुन सक्छन्।
विकल्पमा के खाने?
-हल्का मसलादार तरकारीहरू
-उमालेको तरकारी
-दहीबाट बनेको परिकार (कढी, राइता)
-नरिवलको चटनी
-सादा दलिया
३.धेरै चिनी भएको खाना
जस्तै :
-मिठाईहरू
-केक
-पेस्ट्री
-आइसक्रिम
-क्यान्डी
किन खानु हुँदैन?
रगतमा चिनीको मात्रा द्रुत गतिमा घटबढ हुन्छ, जसले गर्दा ऊर्जामा कमी आउँछ।
यसले डिहाइड्रेसन बढाउन सक्छ। इन्सुलिन प्रतिरोधको जोखिम बढ्छ। अत्यधिक क्यालोरीले मोटोपन बढाउँछ। मधुमेह र मुटु रोगको जोखिम बढ्छ।
विकल्पहरू
-ताजा फलफूल (खरबुजा, तरबूजा)
-घरेलु शर्बत
-नरिवल पानी
-खजूर वा किसमिस (सीमित मात्रामा)
-फलफूलको सलाद
४. धेरै नुन (सोडियम) भएको खाना
जस्तै :
-नुनिलो
-चिप्स
-अचार
-प्याकेज गरिएका खाजाहरू
किन खानु हुँदैन?
-अत्यधिक सोडियमले शरीरमा तरल पदार्थको सन्तुलन बिगार्छ।
-डिहाइड्रेसनको जोखिम बढ्छ।
-रक्तचाप बढ्न सक्छ।
-मिर्गौलामा दबाब पर्छ।
विकल्पहरू
-भुटेको चना
-दही र छाछ
-ताजा फलफूल
-सलाद
५. क्याफिन भएका पेय पदार्थ
जस्तै :
-चिया
-कफी
-इनर्जी ड्रिंकस्
किन पिउनु हुँदैन?
क्याफिन एक मूत्रवर्धक हो, जसले बारम्बार पिसाब गराउँछ। डिहाइड्रेसन हुन सक्छ।
मुटुको धड्कन र बेचैनी बढ्न सक्छ। निद्रा प्रभावित हुन सक्छ। एसिडिटी बढ्न सक्छ।
विकल्पहरु
-लेमोनेड
-नरिवल पानी
-हर्बल चिया
-शरबत
६.रातो मासु
जस्तै :
-खसीको मासु
-भैँसीकाे मासु
-सुँगुरको मासु
किन नखाने ?
यसमा संतृप्त फ्याट हुन्छ, जसले पाचनलाई ढिलो बनाउँछ।
यसले अपच र ग्यास निम्त्याउन सक्छ।
शरीरमा ताप उत्पादन बढ्छ।
कोलेस्ट्रोल बढ्न सक्छ।
भारीपन र आलस्य हुन्छ ।
विकल्पहरू
-दाल र राजमा
-चीज
-टोफु
-उमालेको कुखुरा
-मुमको दाल
७.अति-प्रशोधित खानेकुरा
जस्तै :
-तयारी चाउचाउ
-प्याकेज गरिएको खानेकुरा
-बिस्कुटहरू
किन खानु हुँदैन?
यिनीहरूमा सोडियम, चिनी, संरक्षक र अस्वस्थकर बोसोको मात्रा उच्च हुन्छ।
फाइबर र आवश्यक पोषक तत्वहरू समावेश गर्दैन।
रगतमा चिनीको मात्रा र तौल बढ्न सक्छ।
मेटाबोलिक रोगको जोखिम बढ्छ।
स्वस्थ विकल्पहरू
-घरमै बनाएको खाना
-मल्टिग्रेन रोटी
-ओट्स
-दलिया
-ताजा फलफूल
८.बरफ (आइस)
जस्तै
-आइस ड्रिंक्स
-आइसक्रिम
किन नपिउने?
धेरै चिसो पानीले पाचन इन्जाइमहरूको दक्षता घटाउन सक्छ।
चिसो चीजहरूले घाँटीको संक्रमण बढाउन सक्छ।
कसै-कसैलाई टाउको दुख्ने समस्या हुन सक्छ।
पेट दुख्ने वा असहज हुन सक्छ।
विकल्पहरू
-सामान्य चिसो पानी
-माटोको भाँडोकाे पानी
-हल्का चिसो कागती पानी
-मही
-नरिवल पानी
गर्मीमा शरीरलाई हाइड्रेटेड र शीतल राख्न पानीयुक्त खानेकुराहरू बढी खानुपर्छ।
जस्तै :
-तरबुजा
-खर्बुजा
-काँक्रो
-नरिवल पानी
-दही/मही
-लेमोनेड
दैनिक भास्करबाट
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया