मंगलबार, वैशाख २२, २०८३

तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !

मेरोन्यूज २०८३ वैशाख २१ गते १६:२५

काठमडाैं । दक्षिण भारतीय सिनेमाका सुपरस्टार थलापति विजयले तमिलनाडु विधानसभा चुनावमा सबैलाई चकित पारेका छन्।

Advertisement
NiccNicc

आफ्ना फ्यानहरूमाझ ‘थलापति’ भनेर चिनिने विजयको पार्टी टिभीके (तमिलागा भेट्टी कझगम) ले पनि मुख्यमन्त्री एमके स्टालिनको डीएमकेलाई ट्रेन्डमा पछाडि पारेको छ।

टिभीके १११ सिटमा अगाडि छ भने सत्तारुढ द्रविड मुन्नेत्र कढगम (डीएमके) ५८ सिटमा अगाडि छ। विजय आफैं पेराम्बुर र तिरुचिरापल्ली सिटबाट आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूभन्दा १२ हजार मतले अगाडि छन्।

अभिनेता विजय तमिलनाडुका साथै हिन्दी भाषी क्षेत्रहरूमा पनि धेरै लोकप्रिय छन्।

एक्जिट पोलमा उनको राम्रो प्रदर्शनको अपेक्षा गरिएको थियो । तर, नतिनजा आश्चर्यजनक रूपमा बाहिर आइरहेको छ ।

चलचित्रमा सफलतापछि उनी अब राजनीतिमा पनि सक्रिय भए । गत वर्ष सेप्टेम्बरमा, तमिलनाडुको करूरमा उनको पार्टीको र्‍यालीमा भागदौड मच्चिएपछि उनको नाम फेरि एकपटक हेडलाइनमा आएको थियो, जसमा ३९ जनाको मृत्यु भएको थियो ।

विजयले सामाजिक सञ्जालमा घटनाप्रति गहिरो दुःख र स्तब्धता व्यक्त गर्दै मृतकका लागि प्रतिव्यक्ति २० लाख रुपैयाँ र घाइतेका लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका थिए ।

फिल्मी वातावरणमा जन्मिएका विजयको जीवन कुनै फिल्मको पटकथाभन्दा कम थिएन, उनी बाल्यकालदेखि नै अभिनय गर्न थालेका थिए । संघर्षपछि स्टारडम हासिल गरेका उनकाे बुबासँग मतभेद भयो । त्यसपछि उनी राजनीतिमा प्रवेश गरे।

प्रतिक्रिया