मंगलबार, वैशाख २२, २०८३

अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण

मेरोन्यूज २०८३ वैशाख २१ गते १९:५६

इरानले होर्मुज जलडमरू नजिक अमेरिकी विनाशक जहाजहरूसँग सामना गरेको र चेतावनी स्वरूप गोली चलाएको जनाएको छ। यो घटनासँगै दुई पक्षबीच फेरि तनाव चर्किएको छ ।

Advertisement
NiccNicc

होर्मुज जलडमरूमध्य क्षेत्रमा अमेरिकी नौसेनाका विनाशक जहाजहरूको गतिविधि निगरानी गरेपछि चेतावनी दिइएको इरानले जनाएको छ । इरानी पक्षले “यस्ता जोखिमपूर्ण कदमहरूको परिणाम अमेरिकी–जायोनिस्ट शत्रुले भोग्नुपर्ने” चेतावनी दिएको छ।

इरानी सेनाको जनसम्पर्क कार्यालयका अनुसार, अमेरिकी विनाशक जहाजहरूले ओमान सागर क्षेत्रमा आफ्ना राडारहरू बन्द गरेका थिए र होर्मुज जलडमरूमध्यतर्फ अगाडि बढ्ने प्रयास गरेका थिए।


“उनीहरूले पुनः राडार चालु गर्ने बित्तिकै उनीहरूलाई पत्ता लगाइयो र इरानी नौसेनाले युद्धविराम उल्लङ्घनको जोखिमबारे रेडियोमार्फत चेतावनी दियो,” विज्ञप्तिमा भनिएको छ। तर अमेरिकी जहाजहरूले उक्त चेतावनीलाई बेवास्ता गरेको जनाइएको छ।

त्यसपछि, “इरानी नौसेनाले थप चेतावनीस्वरूप क्रुज मिसाइल, रकेट र युद्ध ड्रोनमार्फत चेतावनी गोली प्रहार गरेको” इरानको सरकारी समाचार संस्था आइआरआइबीले जनाएको छ।

प्रतिक्रिया