युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते

संयुक्त अरब इमिरेट्स (युएइ)माथी मंगलबार इरानले मिसाइल र ड्रोन आक्रमण गरेको छ । यो आक्रमण अमेरिका र इरानबीच भएको पछिल्लो युद्धविरामपछि इरानबाट भएको पहिलो ठूलो आक्रमण मानिएको छ, जसले क्षेत्रीय तनाव पुनः चर्काएको छ।
मिसाइल तथा ड्रोन आक्रमणका कारण फुजैराह तेल क्षेत्र नजिक आगलागी भएको रिपोर्ट छ। कम्तीमा ३ जना घाइते भएका छन् जसमा भारतीय नागरिकहरू समेत रहेको विवरणहरु आएका छन्। केही जहाज र ऊर्जा पूर्वाधारमा क्षति पुगेको बताइएको छ ।
युएइले इरानले प्रक्षेपण गरेका १५ वटा मिसाइल (१२ बलिस्टिक र ३ क्रुज) तथा ४ वटा ड्रोनलाई हवाई रक्षा प्रणालीले सफलतापूर्वक खसालिएको जनाएको छ।
हालसम्म इरानले यस घटनाबारे औपचारिक स्पष्ट टिप्पणी दिएको छैन । इरानका विदेशमन्त्री अब्बास अर्घाचीले अमेरिका र युएइलाई कडा चेतावनी दिएका छन् कि उनीहरू वर्तमान द्वन्द्वमा थप गहिरो रूपमा संलग्न हुँदा “दलदल” मा फस्न सक्छन्।
उनले ट्विटरमा लेख्दै भने ‘ क्षेत्रमा भइरहेका घटनाले देखाउँछ कि यो संकटको सैन्य समाधान सम्भव छैन । अमेरिका र युएइले “गलत प्रभाव” का कारण पुनः ठूलो द्वन्द्वमा तानिन सक्ने खतरा छ ।’
















११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया