शेखर गोल्छाको थुना म्याद थप गर्न अदालतकाे अस्वीकार
मेरोन्यूज
२०८३ वैशाख २२ गते १७:०२

काठमाडाैं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद दिन अस्वीकार गरेको छ।
मंगलबार न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई हिरासतमा राख्ने म्याद दिन अस्वीकार गरेको हाे ।
सोमबार सर्वोच्च अदालतले गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको थियो । अदालतले गोल्छाको पक्राउमा कानुनी प्रक्रियामा त्रुटि देखाउँदै थुनामुक्त गरेर धरौटी जमानतमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।
आदेशपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनीसँग ५ लाख रुपैयाँ धरौटी समेत लिएको थियो। तर लगत्तै बिमासम्बन्धी कसुरमाथि अनुसन्धानका निम्ति भन्दै उनलाई पुन: पक्राउ गरिएकाे थियाे ।
सम्बन्धित
















सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया