बिहीबार, वैशाख २४, २०८३

प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त

मेरोन्यूज २०८३ वैशाख २३ गते १५:२६

काठमाडाैं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्राडा जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।

Advertisement
NiccNicc

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्वडिन समेत रहेका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् ।

प्रतिक्रिया