कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला आयोजना गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको वैशाख २६ देखि जेठ १५ गतेसम्म देशका सातवटै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला आयोजना गर्ने जानकारी गराइएको हो ।
जसअनुसार वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेश, वैशाख २८ र २९ गते कर्णाली प्रदेश, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेश, जेठ ४ र ५ गते, बागमती प्रदेश, जेठ ६ र ७ गते मधेश प्रदेश, जेठ ८ र ९ गते कोशी प्रदेश र जेठ १४ र १५ गते लुम्बिनी प्रदेशमा भेलाको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको पहिलो बैठकमा पार्टी सभापति गगन थापाले प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराएका थिए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया