नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवम् देशैभर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
यही वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य परीक्षण सेवा आरबी डाइग्नोष्टिकमार्फत प्रदान गरिएको बताइएको छ । शिविरमा ईसीजी, थाइराइड, सुगर, प्रेसर, एसजीपीटी, कोलस्ट्रोल, युरिक एसिड लगायतका निःशुल्क चेकजाँच तथा विज्ञ डाक्टरहरूबाट निःशुल्क परामर्श सुविधा प्रदान गरिएको थियो । दुईदिने शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएको कम्पनी जनाएको छ ।
यससँगै कम्पनीले देशभरका सातवटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममार्फत कोसी प्रदेशको इटहरीमा ३०, मधेसको वीरगञ्जमा २५, जनकपुरमा २५, वाग्मती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौँडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनीको बुटवलमा ३३, भैरहवामा ३४, कर्णालीको सुर्खेतमा २५ र सुदूरपश्चिमको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ ।
वार्षिकोत्सवको विशेष अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मार्गनिर्देशन प्रदान गर्नेप्रति आभार व्यक्त गरे । साथै, आगामी दिनमा पनि कम्पनीले सबैको माया, विश्वास र सहकार्य पाउने अपेक्षा गरेको छ ।















सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया