बिहीबार, वैशाख २४, २०८३

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार

मेरोन्यूज २०८३ वैशाख २४ गते १३:१३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठ उक्त संस्थाको नेतृत्वमा पुगेका हुन् ।

Advertisement
NiccNicc

अध्यक्ष श्रेष्ठसँगै निर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका हुन् । निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने पदबहालीपछि अध्यक्ष श्रेष्ठले बताएका छन्।

अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा पद हस्तान्तरण गराएका हुन् ।

प्रतिक्रिया