अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध

अमेरिका र इरानबीच वार्तामा सहमति नजिक रहेको विवरण सार्वजनिक भइरहँदा अचानक दुई देशबीच बिहीबार राती फेरि घातक झडप सुरु भएको छ । दुबै देशले यसका लागि एकले अर्कालाई दोष थोपरिरहेका छन् ।
अमेरिका र इरानबीचको द्वन्द्व अप्रिलमा घोषणा गरिएको कमजोर युद्धविरामका बाबजुद तनावपूर्ण अवस्थामा रहेको छ।विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक होर्मुजमा जलमार्ग क्षेत्रमा झडपहरू जारी छन्।
अमेरिकाका अनुसार इरानी सेनाले अमेरिकी नौसैनिक जहाजहरू र व्यापारिक जहाजतर्फ ड्रोन, क्षेप्यास्त्र तथा साना आक्रमणकारी डुङ्गा प्रयोग गरेर आक्रमण गरेको छ ।
इरानले भने अमेरिकी दाबी अस्वीकार गर्दै वाशिङ्टनले इरानी जहाज र तटीय संरचनामाथि आक्रमण गरेर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ।
अमेरिकी केन्द्रीय कमाण्डका अनुसार इरानका क्षेप्यास्त्र प्रक्षेपण स्थल, ड्रोन केन्द्र तथा कमाण्ड सेन्टरहरूमा आक्रमण गरिएको छ। इरानी तीव्र आक्रमणकारी डुङ्गाहरू नष्ट गरिएको छ। अमेरिकी तथा व्यापारिक जहाजलाई लक्षित इरानी मिसाइल र ड्रोनहरू खसालिएको छ।
अमेरिकी अधिकारीहरूले यी कदमहरूलाई “रक्षात्मक उपाय” भनेका छन् र पूर्ण युद्धको पुनः सुरुआत नभएको बताएका छन्। पेन्टागनका अनुसार हालका झडपहरू अझै ठूलो युद्धको स्तरमा पुगेका छैनन्।

इरानको प्रतिक्रिया
इरानी अधिकारीहरू तथा इस्लामिक रिभोलुसनरी गार्ड आइआरजीसीले अमेरिकी सेनाले युद्ध विराम उलंघन गर्दै इरानी तेल ट्यांकर तथा अन्य जहाजहरूमा आक्रमण गरेको जनाएको छ ।
इरानी सरकारी समाचार संस्था इर्नाले इरानी राजधानी तेहरानमा दुईवटा विस्फोट भएको जनाएको छ। देशको दक्षिणी क्षेत्रमा रहेको मिनाब शहरका गभर्नरले समुद्री सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेका छन्। त्यस्तै बन्दार अब्बाश शहरमा पनि धेरै विस्फोट भएको खबर आएको छ।
यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी विनाशक युद्धपोतलाई निशाना बनाएको छ। तेहरानले अमेरिकाले युद्धविरामलाई एकतर्फी रूपमा व्याख्या गरेको आरोप लगाएको छ। इरानले विभिन्न स्थानमा विस्फोट र हवाई रक्षा प्रणाली सक्रिय पारेको छ ।
सबैभन्दा ठूलो चिन्ता अहिलेको सीमित झडप ठूलो क्षेत्रीय युद्धमा परिवर्तन हुन्छ कि हुँदैन भन्ने हो। विश्लेषकहरूका अनुसार अमेरिका र इरान दुवै पूर्ण युद्ध टार्न चाहन्छन्, तर लगातार भइरहेका सैन्य गतिविधिले युद्धविरामलाई झन् कमजोर बनाइरहेको छ।

















चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया