शुक्रबार, वैशाख २५, २०८३

ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे

मेरोन्यूज २०८३ वैशाख २५ गते ७:४४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म सोसल ट्रुथमा अमेरिका र इरानबीच होर्मुज जलमार्ग क्षेत्रमा बिहीबार भएको झडपबारे ताजा टिप्पणी गरेका छन्।

Advertisement
NiccNicc

ट्रम्पले तीन अमेरिकी विनाशक युद्धपोत इरानको “आक्रमणको बीचमा” पनि सफलतापूर्वक होर्मुज जलडमरू पार गरेको र कुनै क्षति नभएको दावी गरेका छन् ।

उनले अमेरिकी सेनाले अमेरिकी युद्धपोतलाई लक्षित गरिरहेका इरानी तीव्र गतिका डुङ्गा, क्षेप्यास्त्र र ड्रोन नष्ट गरेको समेत दाबी गरेका छन्।

उनले ती अमेरिकी युद्धपोतहरू पुनः इरानका बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दीमा सहभागी हुने बताएका छन्, जसलाई उनले “स्टिलको पर्खाल” भनेर वर्णन गरेका छन्।

ट्रम्पले इरानी नेतृत्वलाई “पागलहरू” भनेर आरोप लगाउँदै तेहरानले छिट्टै सम्झौतामा सहमति नगरे अझ कडा सैन्य कारबाही भोग्नुपर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले आफू इरानसँग छिटो शान्ति सम्झौता चाहेको पनि बताएका छन्। उनले भने, “यदि उनीहरूले तुरुन्तै सम्झौतामा हस्ताक्षर गरेनन् भने, भविष्यमा हामी उनीहरूलाई अझ कडा र अझ हिंसात्मक रूपमा प्रहार गर्नेछौं।”

बिहीबारको झडपका वावजुद युद्धविराम अझै औपचारिक रूपमा कायम रहेको उनले बताएका छन्।इरानले थप तनाव रोक्न छिट्टै शान्ति सम्झौतामा सहमत हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया