संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु

अमेरिकी सेनाले शुक्रबार पूर्वी प्रशान्त महासागरमा लागु–औषध तस्करीको आशंङ्कामा गरेको पछिल्लो डुङ्गा आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।
यो सँगै लागु औसत विरुद्धको अमेरिकी अभियानमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १९२ जना पुगेको जनाइएको छ ।
युएस साउदर्न कमान्ड ९साउथकम० ले एक जना व्यक्ति आक्रमणबाट बाँचेको र अमेरिकी तटरक्षकलाई खोजी र उद्धार अभियान सुरु गर्न सूचित गरिएको बताएको छ ।
साउथकमले समाजिक सञ्जाल एक्समा डुङ्गा नामित आतंकवादी संगठनहरूद्वारा सञ्चालित रहेको र गुप्तचरले जहाज ज्ञात नार्को–तस्करी मार्गहरूमा पुनरागमन गरिरहेको पुष्टि गरेको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एउटा सानो डुङ्गा पानीबाट अघि बढ्दै गएको देखिन्छ, त्यसपछि ठूलो विस्फोट भएको देखिन्छ ।
ट्रम्प प्रशासनले सेप्टेम्बरको सुरुमा डुङ्गा तस्करीहरूलाई लक्षित गरी सुरु गरेको आक्रमणले ल्याटिन अमेरिकाबाट सञ्चालन हुने नार्को–आतंकवादीहरू सँग युद्ध बढेको जनाइएको छ ।
यद्दपी प्रशासनले प्रहार गरेको जहाज लागुऔषध तस्करीमा संलग्न भएको निश्चित प्रमाण दिएको छैन ।
कानुनी विज्ञहरू तथा अधिकार समूहहरूले आक्रमणहरु गैरन्यायिक भन्दै उनीहरूले स्पष्ट रूपमा संयुक्त राज्य अमेरिकाका लागि तत्काल खतरा पैदा नगर्ने नागरिकहरूलाई लक्षित गरेका छन् । शुक्रबारको आक्रमण कम्तिमा एक महिनाको अवधिको दशौँ आक्रमण भएको जनाइएको छ ।
आक्रमणहरूले लागुऔषध तस्करीप्रति अमेरिकी दवावलाई चिह्नित गरेको छ, जसले ऐतिहासिक रूपमा जहाजहरू रोक्ने र सामग्री कब्जा गर्ने गरेको जनाइएको छ ।
अमेरिकी सेनाले “साउदर्न स्पियर“ नाम दिएको यो अपरेसन कति लामो समयसम्म चल्ने भन्ने बारे केहि बताएको छैन ।
















संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया