प्रतिनिधि सभा विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

काठमाडौं । प्रतिनिधि सभाको विघटनविरुद्धका रिटको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि आज सुनुवाइ सुरु भएको हो । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको शुक्रबारका लागि पेशी तोकिएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । प्रतिनिधि सभाको पुर्नस्थापना र विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ निवर्तमान सांसदले पनि रिट दर्ता गराएका थिए ।
नेपालको संविधान धारा ७६ को ५ अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको लागि दिएको समयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाको दाबी पेश परेको थियो । तर, राष्ट्रपतिले प्रधानमन्त्रीमा कसैलाई पनि नियूक्ति गर्न नसकिने जानकारी गराएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको विघटन गरेकी थिन् ।


















मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया