स्वास्थ्यकर्मी माथि आक्रमण गर्नु जघन्य अपराध

काठमाडौं । कोरोना महामारीको समयमा अग्रपंक्तिमा खटिएका चिकित्सा र स्वास्थ्यकर्मीमाथि बारम्बार आक्रमणको घटना भइरहेको भन्दै माओवादी केन्द्रका नेता जनार्दन शर्माले उनीहरूको सुरक्षाको माग गरेका छन् । भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफ्न्त आक्रोशित भएर बिहिबार स्वास्थ्यकर्मी र चिकित्सकमाथि नै आक्रमणमा गरेका थिए । उनले महामारीको जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरु माथी वार्ड मै आक्रमण गर्नु जघन्य अपराध भएको भन्दै सरकारलाई गम्भीर बन्न सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
“महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरु माथी वार्ड मै आक्रमण गर्नु जघन्य अपराध हो । उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको छ । दोषी माथि कारवार्ही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस । सत्ताको अराजकता सबैतिर फैलिन थाल्यो यो गम्भीर विषय हो । म स्वास्थ्यकर्मीको साथमा छु ” उनले लेखेका छन् ।















सोमबारको राशिफल, कुन राशिका लागि शुभ रहला आजकाे दिन ?
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
प्रतिक्रिया