स्वास्थ्यकर्मी माथि आक्रमण गर्नु जघन्य अपराध

काठमाडौं । कोरोना महामारीको समयमा अग्रपंक्तिमा खटिएका चिकित्सा र स्वास्थ्यकर्मीमाथि बारम्बार आक्रमणको घटना भइरहेको भन्दै माओवादी केन्द्रका नेता जनार्दन शर्माले उनीहरूको सुरक्षाको माग गरेका छन् । भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफ्न्त आक्रोशित भएर बिहिबार स्वास्थ्यकर्मी र चिकित्सकमाथि नै आक्रमणमा गरेका थिए । उनले महामारीको जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरु माथी वार्ड मै आक्रमण गर्नु जघन्य अपराध भएको भन्दै सरकारलाई गम्भीर बन्न सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
“महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरु माथी वार्ड मै आक्रमण गर्नु जघन्य अपराध हो । उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको छ । दोषी माथि कारवार्ही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस । सत्ताको अराजकता सबैतिर फैलिन थाल्यो यो गम्भीर विषय हो । म स्वास्थ्यकर्मीको साथमा छु ” उनले लेखेका छन् ।










बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध
नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
प्रतिक्रिया