संवैधानिक इजलास गठन, प्रधानन्यायाधीशले छाने यी चार न्यायाधीश

काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन
गरेका छन् । पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।
प्रधान न्यायाधीश जबराले विघटन विरुद्धका परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए । जबराको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर (आज) शुक्रवारबाट सुनुवाइ हुनेछ । विघटनविरुद्ध कुल ३० वटा निवेदन दर्ता भएका छन् ।
गत सोमबार प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, मध्यावधि चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधिसभा बैठक आह्वानको प्रबन्ध गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट दायर गरेको थियो । रिटमा विपक्षी गठबन्धनका १ सय ४६ सांसदको हस्ताक्षर गरेका थिए । गत शुक्रबार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।















बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
बागमती प्रदेशका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
पोखरा विमानस्थल भ्रष्टाचार : पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया