कोरोना संक्रमितलाई प्रयोग हुने ‘टोसिलिजुमाब इञ्जेब क्सन’ नेपाल आइपुग्यो
मेरोन्यूज
२०७८ जेठ १४ गते १८:२८

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का जटिल बिरामीहरूका लागि प्रयोग हुने ‘टोसिलिजुमाब इञ्जेक्सन’ नेपाल आइपुगेको छ । शुक्रबार यतिकेम डिस्ट्रिब्युटर प्रा.लि.ले ५ सय भाइल टोसिलिजुमाब इञ्जेक्सन काठमाडौँ ल्याएको हो ।
यतिकेमका प्रमुख प्रभुराज वैद्यले इञ्जेक्सन लिनका लागि बिरामीका आफन्तले तोकिएको मापदण्ड पूरा गरेर आएमा प्राप्त हुने बताए । औषधि व्यवस्था विभागले औषधिको मूल्यसहित कसरी कहाँबाट पाउने आदिको बारेमा विस्तृत जानकारी दिएको छ ।
भारतमा समेत अभाव भएको यो औषधि यसअघि नेपालमा भित्रिएको थिएन । कतिपय चिकित्सकहरूले यो औषधिका लागि रिकमेण्डे गर्ने गरेका थिए ।
बिरामीका लागि एक वा दुई भाइल प्रयोग हुँदै आएको यो इञ्जेक्सनको प्रति भाइल मूल्य ५९ हजार ८५० रुपैयाँ तोकिएको छ ।

सम्बन्धित










पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु
चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु
घरमा ढुङ्गा खस्दा हुम्लामा चार जना घाइते
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया