अपोलो अस्पतालले रूसी खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराउने

नयाँ दिल्ली । अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् । “हामी खोपका लागि ९९५ भारतीय रुपैयाँ लिनेछौं साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने छ,” अपोलो समूहका एक अधिकारीले भने ।
अपोलो समूह अस्पतालका कार्यकारी उपाध्यक्ष शोबाना कामिनेनीद्वारा जारी एक विज्ञप्तिमा भनेका छन्, “समूहले भारतमा ८० स्थानहरुबाट १० लाख मात्रा खोप लगाइसकेको छ । अग्रमोर्चामा काम गर्ने श्रमिक, उच्च जोखिमयुक्त जनसंख्या र कर्पोरेट कर्मचारीहरुलाई खोप लगाउन प्राथमिकता दिनेछ ।”
उनीहरूको खोप कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै कामिनेनीले भने, “जुन महिनामा हामी हरेक हप्ता १० लाख खोप लगाउने छौँ भने जुलाईमा यो क्षमतालाई दुई गुणा बढी बनाउने छौँ । हामी यो बर्षको सेप्टेम्बरसम्ममा २० करोड खोपहरू लगाउने कामलाई सम्पन्न गर्ने उद्देश्य लिएका छौ ।”
रूसी खोप स्पुत्निक–भी भारतमा यस महिनाको सुरुदेखि लगाउन थालिएको हो । रिपोर्ट अनुसार भारत र रूसले हरेक महिना तीन करोड ५० लाखदेखि चार करोड खोप उत्पादन गर्ने बताएका छन् जुन अगस्ट वा सेप्टेम्बरदेखि सुरु हुनेछ । रासस
















पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया