राप्रपा स्थापनाको ३० वर्ष पूरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थापना भएको ३० वर्ष पूरा भएको छ । २०४८ साल जेठ १६ गते पञ्चायती पृष्ठभूमिका नेताहरूले स्थापना गरेको राप्रपा फुट्ने र जुट्ने क्रम व्यापकनै चल्यो । अहिले भने एकजुट छ ।
पार्टी स्थापना दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष पशुपतिशमशेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो क्रममा रहेको बताएका छन् । उनले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्रको आवश्यकतामा जोड दिएका हुन् ।
विधी, संविधान, लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गरेका छन् । ‘विधी, संविधान, लोकतन्त्रको अवमूल्यनबीच राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र हिन्दुराष्ट्रको माग बढ्दो छ,’ राणाले भने ।
स्थापना दिवसको अवसरमा अध्यक्षहरू डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले पनि शुभकामना सन्देश दिँदै विधि र विधानमा प्रहार भएको भन्दै चिन्दा ब्यक्त गरेका छन् ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया