राप्रपा स्थापनाको ३० वर्ष पूरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थापना भएको ३० वर्ष पूरा भएको छ । २०४८ साल जेठ १६ गते पञ्चायती पृष्ठभूमिका नेताहरूले स्थापना गरेको राप्रपा फुट्ने र जुट्ने क्रम व्यापकनै चल्यो । अहिले भने एकजुट छ ।
पार्टी स्थापना दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष पशुपतिशमशेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो क्रममा रहेको बताएका छन् । उनले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्रको आवश्यकतामा जोड दिएका हुन् ।
विधी, संविधान, लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गरेका छन् । ‘विधी, संविधान, लोकतन्त्रको अवमूल्यनबीच राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र हिन्दुराष्ट्रको माग बढ्दो छ,’ राणाले भने ।
स्थापना दिवसको अवसरमा अध्यक्षहरू डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले पनि शुभकामना सन्देश दिँदै विधि र विधानमा प्रहार भएको भन्दै चिन्दा ब्यक्त गरेका छन् ।















बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
बागमती प्रदेशका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
पोखरा विमानस्थल भ्रष्टाचार : पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया