सिन्धुपाल्चोकका पालिकाहरु खोप खरीद गर्ने तयारीमा

चौतारा । जनताको स्वास्थ्य नै सर्वोपरी भन्ने मान्यता राख्दै सिन्धुपाल्चोकका दुईवटा पालिकाले ६० हजार डोज खोप खरीद गर्ने तयारी गरेका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएपछि संक्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले ३० हजार र हेलम्बु गाउँपालिकाले ३० हजार डोज खोप खरीद गर्ने तयारी गरेका हुन् ।
संघीय सरकारलाई खोप उपलब्ध गराउन अनुरोध गरेको बताउँदै नगरपालिकाका प्रमुख अमानसिंह तामाङले भने, “यदि सरकारले उपलब्ध गराउन नसके खरीदको लागि अनुमति मागेको हुँदा स्वीकृति पाउना साथ खरीद प्रक्रिया अगाडि बढाइनेछ ।” अहिलेको अवस्थामा स्वास्थ्य नै ठूलो कुरा भएकाले आफू जनता बचाउने अभियानमा लागेको प्रमुख तामाङले बताए ।
नगरपालिकाभित्र संक्रमित र ज्यान गुमाउनेको संख्यामा वृद्धि हुँदै गएपछि नगरपालिकाको बैठकले खोप खरीद गर्ने निर्णय गरेको उनले बताए । कोरोनाको दोस्रो लहरबाट प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित दर्जन कर्मचारीहरु पीडित बनिसकेका छन् । त्यसैगरी हेलम्बु गाउँपालिकाले केन्द्रीय सरकारसँग खोपको माग गरेको र उपलब्ध गराउन नसके पालिकाले खरीद गर्न अनुमतिको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
उनी पनि कोरना संक्रमणबाट पीडित भइसकेका छन् भने पालिकाभित्र संक्रमितको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया