घिमिरेद्वारा १ करोड राशिको पुरस्कार घोषणा
स्वास्थ्यकर्मीलाई प्रदान गरिने

काठमाडौं । उद्यमी सुह्द घिमिरेले कोरोना महामारीको समयमा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई १ करोड रुपैयाँले पुरस्कृत गर्ने भएका छन् ।
उनले महारिका बेला अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गरेका स्वास्थ्यकर्मीको सम्मानका लागि १ करोड एक रुपैयाँ राशिको पुरस्कार घोषणा गरेका हुन् । घिमिरे बारबरा फाउन्डेसनका कार्यकारिणी सदस्य हुन् ।
उनले बारबरा फाउन्डेसनमार्फत प्रदान गर्ने गरी पुरस्कार राशि घोषणा गरेको फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले जानकारी दिएका छन् ।
घिमिरे र उनकी सुपुत्री अदितीले व्यक्तिगत तथा पारिवारिक जीवन त्यागेर अहोरात्र मानवीय सेवामा खट्ने स्वास्थ्यकर्मीको सम्मानका लागि पुरस्कार प्रदान गर्न लागेको बारबरा फाउन्डेसनले जनाएको छ ।
बारबरा फाउन्डेसनले गत वर्ष समाजका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिलाई विशेष सम्मान गरेको थियो । अध्यक्ष डा. रुइतले यस वर्ष स्वास्थ्यकर्मी वा संस्थालाई सम्मान गर्न लागेको बताए ।
फाउन्डेसनले पुरस्कृत गर्ने अग्रपंक्तिका स्वास्थ्यकर्मी वा संस्था छनोट गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्कीलगायत रहेको एक निर्णायक समिति गठन गरेको छ ।
समितिले देशका सरकारी, सामुदायिक वा गैरनाफामूलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मीमध्येबाट ५० देखि १ सय जनासम्म छनोट गरेर पुरस्कार प्रदान गर्ने फाउन्डेसनले जनाएको छ ।
















हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया