नेप्सेमा लगातार दुई दिन गिरावट

काठमाडौं । बजेट आएको दोस्रो दिन ठूलो अंकले उकालो लागेको नेप्सेमा दुई दिनदेखि ओरालो लागेको छ ।
आइतबार नयाँ रेकर्ड बनाएको नेप्से सोमबार र मंगलबार गिरावट आएको हो । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक बजार परिसुचक ११ दशमलब ६८ अंकले घटेर २ हजार ७ सय ७१ दशमलब ७१ विन्दूमा आइपुगेको छ ।
मंगलबार कारोबार रकम पनि घटेको छ । विगत केही दिनदेखि कारोबार रकमले रेकर्ड बनाइरहेको थियो ।
यद्यपी मंगलबार कूल २ सय १६ कम्पनीको ९८ हजार ६ सय ७ कारोबारबाट ८ अर्ब ५९ करोड ८१ लख ६० हजार १ सय १७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ८३ हजार ३ सय ५४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार सबैभन्दा धेरै होटल, ट्रेडिङ निर्जीवन बिमा र जलविद्युत् कम्पनीको सेयर मूल्य घटेको छ ।
बजारमा साना लगानीकर्ता घट्न सक्ने भन्दै बिक्री गर्न उत्रिएपछि त्यसको असर बजारमा परेको शेयर लगानीकर्ता नवराज अधिकारीले बताए । वर्षौंदेखि केही जलविद्युत् आयोजना घाटामा रहेका कारण सूचक घटेको उनले बताए ।
जलविद्युत् कम्पनीको वास्तविक अवस्था सार्वजनिक भएपछि साना लगानीकर्ता मध्ये कतिपयले नाफा बुक गरेका छन् भने कतिपयले घाटा खाएरै भए पनि सेयर बेच्दा बजार सूचक घट्नमा मद्दत पुगेको उनले बताए ।
यद्यपि, यसलाई ठूला र राम्रो कम्पनीको सेयर किन्ने लगानीकर्ताले सही रुपमा लिएका छन् । बजार एकोहोरो बढ्दा पनि समस्या हुन्छ । त्यही भएर कहिले घट्ने र कहिले बढ्ने गरेर अघि बढ्नुपर्छ । साना लगानीकर्ताले पनि राम्रा कम्पनी हेरेर मात्रै लगानी गर्नुपर्ने हुन्छ ।

















निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया