काठमाडौँ उपत्यकामा ११ दिन निषेधाज्ञा थपिदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप ११ दिन लम्ब्यिने भएको छ । ललिपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ढुण्डी प्रसाद निरौलाका अनुसार उपत्यकामा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न थप निषेधाज्ञा लम्बाउने भएको हो ।
मंगलबार दिउँसो उपत्यकाका ३ जिल्लाका सिडिओबीच निषेधाज्ञाका बारेमा छलफल भएको थियो । छलफलमा आगामी निषेधाज्ञा केही खुकुलो हुने बारेमा निर्णय गर्ने तय भएको सिडिओ निरौलाले जानकारी दिए ।
थप हुने निषेधाज्ञामा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसलका साथै बैंक तथा वित्तीय संस्था पूर्ण रूपले खुल्ने गरी सहमति भएको छ । यस्तै, उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो ।
कोरोना संक्रमण दर तीव्र गतिमा बढेसँगै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा भएको थियो । यसअघि थपिएको एक साताको निषेधाज्ञामा खाद्यान्नको पसलसमेत बन्द गर्ने निर्णय भएको थियो ।
काठमाडाैँ उपत्यकामा निषेधाज्ञा थपिएको विषयमा बुधबार दिउँसो तीनै जिल्लाका सिडिओहरूबीच भर्चुअल बैठक बसेर मात्रै निर्णय सार्वजनिक गर्ने तयारी रहेको छ ।










दोहोरो अंकले बढ्यो सेयर बजार
‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया