काठमाडौँ उपत्यकामा ११ दिन निषेधाज्ञा थपिदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप ११ दिन लम्ब्यिने भएको छ । ललिपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ढुण्डी प्रसाद निरौलाका अनुसार उपत्यकामा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न थप निषेधाज्ञा लम्बाउने भएको हो ।
मंगलबार दिउँसो उपत्यकाका ३ जिल्लाका सिडिओबीच निषेधाज्ञाका बारेमा छलफल भएको थियो । छलफलमा आगामी निषेधाज्ञा केही खुकुलो हुने बारेमा निर्णय गर्ने तय भएको सिडिओ निरौलाले जानकारी दिए ।
थप हुने निषेधाज्ञामा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसलका साथै बैंक तथा वित्तीय संस्था पूर्ण रूपले खुल्ने गरी सहमति भएको छ । यस्तै, उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो ।
कोरोना संक्रमण दर तीव्र गतिमा बढेसँगै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा भएको थियो । यसअघि थपिएको एक साताको निषेधाज्ञामा खाद्यान्नको पसलसमेत बन्द गर्ने निर्णय भएको थियो ।
काठमाडाैँ उपत्यकामा निषेधाज्ञा थपिएको विषयमा बुधबार दिउँसो तीनै जिल्लाका सिडिओहरूबीच भर्चुअल बैठक बसेर मात्रै निर्णय सार्वजनिक गर्ने तयारी रहेको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया