विश्वकप छनोट : आज नेपाल चाइनिज ताइपेइसँग भिड्दै

काठमाडौं । कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत आज नेपालले चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । आज कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । विश्वकप छनोट अन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरी नेपालले हाल सम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अंक बनाएको छ ।
कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ ।
सोही विषयलाई पनि प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले खेल अघि बताएका छन् । यस अघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो ।
कुवेतको अत्याधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपालले बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्गबाट कुवेत प्रस्थान गरेको थियो । नेपाल आज चाइनिज ताइपेईविरुद्ध मैदान उत्रदा उच्च मनोबलका साथ मैदान उत्रने छ ।
चाइनिज ताइपेइ पनि अघिल्लो खेलमा भोगेको हार विर्सन लक्ष्यका साथ नेपाल विरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेईका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड १९ संक्रमित भएपछि टोली केही महत्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको बताएका छन् । सोही कारण पनि नेपालको मनोबल उच्च रहनेछ । छनोट चरणको पहिलो खेलमा जोर्डनलाई ७–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग ५–० ले र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । होम गेमको रुपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रुमपा रहेको भुटानमा कुवेतसँग १–० ले पराजित भएको थियो ।
फिफा वरियताको १ सय ४१ औ स्थानमा रहेको चाइनिज ताइपेई र १ सय ७१ औ स्थानमा रहेको नेपाल अहिले सम्म दुई पटक आमने सामने भएका छन् ।
यसअघि पनि नेपाल र ताइपेइबीचको हेड टु हेड
पहिलो खेल सन् २०१९ जुन ६ मा दरशथ रंगशालामा भएको थियो । मैत्रीपूर्ण उत्तः खेलमा १–० ले पछि परेका अवस्था उल्ट्यादै नेपालले १–१ को बराबरी खेलेको थियो । दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेईको मैदानमा विश्वकप छनोटमा भिडेका थिए । जहाँ नेपालले २–० ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।












सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
NC leadership urged to take ownership of Special General Convention
समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया