झापामा २४ घण्टाभित्र तीनको मृत्यु

झापा । झापामा पछिल्लो २४ घण्टाभित्रैमा तीन जना संक्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको हो ।
अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । यसअघि बिहीबार दिउँसो साढे ४ः०० बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ः०० बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।
सो अस्पतालमा आज बिहानसम्म २५ कोरोना संक्रमित उपचाररत छन् । गत वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल नौ संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कूल ७९ संक्रमित उपचारका लागि भर्ना भएका, १५ जनालाई अन्यत्र रेफर गरिएको छ भने २२ जना उपचारपछि निको भएका कोभिड फोकल पर्सन मोतेले बताए । रासस
















सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया