मुक्तक
‘प्रेम’को पराजय !

मन खोलेर हाँस्न खोजेँ, मुस्कानले दिएन
नजिक भएर बाँच्न खाजेँ, भाग्यले दिएन ।
स्वतन्त्र भई बाच्ने अधिकार, छैन मलाई
खुल्ला भई हिड्न खोजेँ, तिम्रो यादले दिएन ।
यादहरू संगालेर, जिन्दगी बित्ने भो
लिन्न भन्छु पिर मैले, झनै थिच्ने भो ।
चिन्तै चिन्ताले चित्ताको, मार्ग रच्दैछ
चित्ताको मुढाभन्दा, तिम्रो यादले थिच्ने भो ।
ढुंगाको भर माटो, माटोको भर ढुंगा हुँदा
सम्बन्ध नै बलियो हुन्छ, मन हलुंगो हुँदा ।
सम्बन्ध त यहीबाट, चिरा पर्दो रहेछ
पुरुष आर्दश र नारी, अहंमवादी हुँदा ।
हामी साथ थियौँ र त, जीवन खास थियो ।
पुर्णिमाको जुनमा हाम्रो, मधुमास रात थियो ।
सम्बन्धहरू कहिलेकाहीँ, यताउता भइदिँदा
मेरै काखमा फर्किन्छौँ कि, भन्ने आश थियो ।
जिन्दगीदेखि हारिसकेँ, पीडा खानु खाइसकेँ
भाग्य बदलिने दाउमा, धेरै जुवा हारिसकेँ ।
‘चरेस खाउ तर, हरेस नखाउ’, भन्छन् साथीहरू
भाग्य भर्न खोज्दा, आफ्ना इच्छा मारिसकेँ ।
आँसु दिने तिमी, हाँसो दिने तिमी
जिन्दगीको आधा सारथि, हौ तिमी ।
हिजोआज खुसी विरलै, देखिन थालेको छ
पागल म हुन्छु, भिडमा नरुनु तिमी ।।
(लेखक विश्वकर्मा धादिङका हुन् । हाल उनि विरेन्द्र वहुमुखी क्याम्पस, चितवनमा अध्ययनरत छन् ।)
















वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल
नयाँ वर्ष २०८३ को अवसरमा सामसङले ल्यायाे २४ महिनासम्मको एक्स्टेन्डेड इएमआइ योजना
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको सङ्केत
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया