सत्ता जाेगाउन ओलीले गिट्टी, बालुवा निकासी गर्न लागेकाे विपक्षी ५ दलकाे आराेप
मन्त्रिपरिषद् पुनर्गठन संवैधानिक र लोकतान्त्रिक मूल्य मान्यताको उपहास

काठमाडाैं । विपक्षी ५ दलले प्रधानमन्त्री केपी शर्मा ओलीले चुरे क्षेत्रकाे ढुंगा, गिट्टी र बालुवा निकासी गर्न लागेकाे आराेप लगाएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी) नेकपा (एमाले) खनाल-नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा) भट्टराई-यादव समूह र राष्ट्रिय जनमाेर्चाले आज संयुक्त विज्ञप्ति जारी गर्दै ओलीले भारतलाई रिझाउन गिट्टी बालुवा निकासीको राष्ट्रघाती निर्णय लिएकाे आराेप लगाएका हुन् ।
‘यो नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणा हो’, विज्ञिप्तमा भनिएकाे छ । सरकारले आगामी आवकाे बजेट प्रस्तुत गर्दै मुलुककाे व्यापार घाटा न्यूनीकरण गर्न भन्दै चुरे क्षेत्रका खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने घाेषणा गरेकाे थियाे ।
गठबन्धनले कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरेर संवैधानिक र लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेकाे टिप्पणी गरेकाे छ । कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको स्थितिमा शुक्रबार मात्रै मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।
वक्तव्यमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नूनमा सरकारले अनुदान दिई आपूर्ति गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाइदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनसायबाट निर्णय गरेको पनि उनीहरूकाे ठहर छ । ‘यस्तो निर्णयबाट जनताले सुलभरुपमा पाइरहेको आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरहरुलाई घुसाएर त्यसको बोझ जनताको थाप्लोमा हाल्ने षडयन्त्र गरेकोप्रति विरोध र निन्दा गर्दै यस्तो निर्णय तत्काल फिर्ता लिन हामी जोडदार माग गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।

















एक रुपैयाँ, एक स्कुटर ! दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा
बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियाे
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
रास्वपा पूरानाे हाे, सबैभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
प्रतिक्रिया