शुक्रबार, मंसिर ५, २०८२

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाइ

प्रधानन्यायाधीस राणाले कस्तो बनाउँलान् पुनर्गठित संबैधानिक इजलास ?

मेरोन्यूज २०७८ जेठ २३ गते ७:२७

काठमाडौँ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पूर्नस्थापनाको मागमा आज संवैधानिक इजालसमा सुनुवाई हुदैछ । यो मुद्दामा सुनुवाई गर्न यस अगाडी नै प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाको अध्यक्षतामा ५ सदस्यीय संबैधानिक इजालस बनेपनि इजालसमा रहेका न्यायाधीस तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागीतामा रिट निवेदकका वकिलहरुले प्रश्न उठाएपछि गठित संबैधानिक इजालस नै विभाजित भएको थियो ।

तत्कालिन नेकपाको मुद्दाका विषयमा दिएको फैसल्लाका कारण प्रतिनिधीसभा विघटनको मुद्दामा न्यायाधीसद्दय केसी र श्रेष्ठले सुनुवाईमा बस्न मिल्ने/नमिल्ने विवादका वीच गठित संबैधानिक इजालसकै न्यायाधीसहरु विभाजित भएका हुन् ।

प्रश्न उठेपछि केसी र श्रेष्ठले इजालस छोडिदिनुपर्ने राय दीपककुमार कार्की र आनन्दमोहन भटटराईले राखेका थिए । तर केसी र श्रेष्ठले इजालस नछोडने अडान लिएपछि कार्की र भटटराईले आफुहरु वाहिरिने बताएपछि संबैधानिक इजालस नै भताभंगु भएको थियो ।

त्यसपछि प्रधानन्यायाधीस राणाले संबैधानिक इजालस गठन नियमावली सर्वाेच्चको सवै न्यायाधीस सम्मिलित फुल बेन्चमार्फत संसोधन गर्ने र त्यसलाई न्याय परिषद्को बैठकबाट अनुमोदन गराएर वरिष्ठताका आधारमा संबैधानिक इजालस गठन गर्ने प्रस्ताव राखेका थिए । तर सर्वाेच्चको फुल बेन्चले वरिष्ठताका आधारमा संबैधानिक इजालस गठन गर्न नियमावली बाधक नरहेको निश्कर्ष दिएपछि प्रधानन्यायाधीसको नियमावली संसोधनको प्रस्ताव त्यक्तिकै पाखा लागेको थियो ।

अव इजालस प्रधानन्यायाधीस राणाले कसरी पूर्नगठन गर्छन् ? सर्वत्र चासोको विषय बनेको छ ।

नागरिकता सम्वन्धी अध्यादेशका विषयमा संबैधानिक इजालस गठन गर्दा राणाले वरिष्ठताका आधारमा गठन गरेका थिए । अव प्रतिनिधीसभा विघटनको मुद्दामा संबैधानिक इजालस पूर्नगठन कसरी हुन्छ ? चासो बढेको हो । राणाले यस अगाडी आफ्नो नेतृत्वमा दीपककुमार कार्की, आनन्दमोहन भटटराई, तेजवहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजालस गठन गरेका थिए ।

उक्त इजालसकै दुइ न्यायाधीसले इजालसबाटै वाहिरिने बताएपछि भत्किएको इजालस आज प्रधानन्यायाधीस राणाले फेरि बनाउनु पर्ने भएको हो ।

इजालसमा रहने न्यायाधीसकै विषयमा विवाद लम्बिएर सुनुवाइ प्रभावित भएपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने निर्णयसहित जेठ २३ गते आइतबार (आज ) का लागि पेशी तोकेका थिए ।

जेठ १३ गते शुक्रबारबाट सुरु भएको सुनुवाइमा गएको आइतबार इजलास गठनकै विषयमा बहस भयो । मंगलबार पनि विषयवस्तुले प्रवेश पाउन सकेन । त्यसपछि गठित इजालस पूर्नगठन हुने निर्णय प्रधानन्यायाधीस राणाले सुनाएका थिए ।

वरिष्ठताका आधारमा संबैधानिक इजालस गठन भएमा अव प्रधानन्यायाधीश राणाको अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र विश्वभरप्रसाद श्रेष्ठ रहेको इजालस गठन हुनेछ ।

तर न्यायाधीस हरिकृष्ण कार्की प्रधानमन्त्री केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा महान्यायाधीवक्ता रहेको र त्यही कारण उनले यस मुद्धामा सहभागी हुन नहुने तर्क उठेपछि पहिलो पटक संसद भंगको मुद्धामा उनी आफैले सम्वैधानिक इजालस छोडिदिएका थिए ।

यसपटक वरिष्ठताका आधारमा गठन भएमा उनी स्वत पर्नेछन् । त्यसपछि उनले के गर्नेछन् ? त्यो पनि चासोको विषय बनेको छ ।

उनले इजालसमा नवसेमा छैटौं नम्वरमा रहेका न्यायाधीस ईश्वरप्रसाद खतिवडा इजलासमा समेटिनेछन् ।

अर्काेतिर पाचौं नम्वरमा रहेका न्यायाधीस विश्वभरप्रसाद श्रेष्ठ कोरोनाका कारण आइसोलेसनमा छन् । उनी पनि सहभागी नभए अर्का न्यायाधीस आनन्दमोहन भटटराईले स्थान पाउन सक्नेछन् ।

वरियताका हरिकृष्ण कार्की र विश्वभरप्रसाद श्रेष्ठ दुवै संबैधानिक इजालसमा सहभागी नभए इश्वरप्रसाद खतिवडा र अनान्दमोहन भटटराइले स्थान पाउने देखिन्छ । तर कार्की र श्रेष्ठमध्ये एक मात्र सहभागी नभए न्यायाधीस खतिवडाले स्थान पाउन सक्नेछन् ।

प्रतिनिधीसभा विघटनका विरुद्धमा सर्वाेच्चमा ३० ओटा रिट निवेदन दर्ता भएका छन् । यी सवै रिटलाइ सम्वैधानिक इजालसमा लगिएको छ ।

प्रतिक्रिया