प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाइ
प्रधानन्यायाधीस राणाले कस्तो बनाउँलान् पुनर्गठित संबैधानिक इजलास ?

काठमाडौँ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पूर्नस्थापनाको मागमा आज संवैधानिक इजालसमा सुनुवाई हुदैछ । यो मुद्दामा सुनुवाई गर्न यस अगाडी नै प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाको अध्यक्षतामा ५ सदस्यीय संबैधानिक इजालस बनेपनि इजालसमा रहेका न्यायाधीस तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागीतामा रिट निवेदकका वकिलहरुले प्रश्न उठाएपछि गठित संबैधानिक इजालस नै विभाजित भएको थियो ।
तत्कालिन नेकपाको मुद्दाका विषयमा दिएको फैसल्लाका कारण प्रतिनिधीसभा विघटनको मुद्दामा न्यायाधीसद्दय केसी र श्रेष्ठले सुनुवाईमा बस्न मिल्ने/नमिल्ने विवादका वीच गठित संबैधानिक इजालसकै न्यायाधीसहरु विभाजित भएका हुन् ।
प्रश्न उठेपछि केसी र श्रेष्ठले इजालस छोडिदिनुपर्ने राय दीपककुमार कार्की र आनन्दमोहन भटटराईले राखेका थिए । तर केसी र श्रेष्ठले इजालस नछोडने अडान लिएपछि कार्की र भटटराईले आफुहरु वाहिरिने बताएपछि संबैधानिक इजालस नै भताभंगु भएको थियो ।
त्यसपछि प्रधानन्यायाधीस राणाले संबैधानिक इजालस गठन नियमावली सर्वाेच्चको सवै न्यायाधीस सम्मिलित फुल बेन्चमार्फत संसोधन गर्ने र त्यसलाई न्याय परिषद्को बैठकबाट अनुमोदन गराएर वरिष्ठताका आधारमा संबैधानिक इजालस गठन गर्ने प्रस्ताव राखेका थिए । तर सर्वाेच्चको फुल बेन्चले वरिष्ठताका आधारमा संबैधानिक इजालस गठन गर्न नियमावली बाधक नरहेको निश्कर्ष दिएपछि प्रधानन्यायाधीसको नियमावली संसोधनको प्रस्ताव त्यक्तिकै पाखा लागेको थियो ।
अव इजालस प्रधानन्यायाधीस राणाले कसरी पूर्नगठन गर्छन् ? सर्वत्र चासोको विषय बनेको छ ।
नागरिकता सम्वन्धी अध्यादेशका विषयमा संबैधानिक इजालस गठन गर्दा राणाले वरिष्ठताका आधारमा गठन गरेका थिए । अव प्रतिनिधीसभा विघटनको मुद्दामा संबैधानिक इजालस पूर्नगठन कसरी हुन्छ ? चासो बढेको हो । राणाले यस अगाडी आफ्नो नेतृत्वमा दीपककुमार कार्की, आनन्दमोहन भटटराई, तेजवहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजालस गठन गरेका थिए ।
उक्त इजालसकै दुइ न्यायाधीसले इजालसबाटै वाहिरिने बताएपछि भत्किएको इजालस आज प्रधानन्यायाधीस राणाले फेरि बनाउनु पर्ने भएको हो ।
इजालसमा रहने न्यायाधीसकै विषयमा विवाद लम्बिएर सुनुवाइ प्रभावित भएपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने निर्णयसहित जेठ २३ गते आइतबार (आज ) का लागि पेशी तोकेका थिए ।
जेठ १३ गते शुक्रबारबाट सुरु भएको सुनुवाइमा गएको आइतबार इजलास गठनकै विषयमा बहस भयो । मंगलबार पनि विषयवस्तुले प्रवेश पाउन सकेन । त्यसपछि गठित इजालस पूर्नगठन हुने निर्णय प्रधानन्यायाधीस राणाले सुनाएका थिए ।
वरिष्ठताका आधारमा संबैधानिक इजालस गठन भएमा अव प्रधानन्यायाधीश राणाको अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र विश्वभरप्रसाद श्रेष्ठ रहेको इजालस गठन हुनेछ ।
तर न्यायाधीस हरिकृष्ण कार्की प्रधानमन्त्री केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा महान्यायाधीवक्ता रहेको र त्यही कारण उनले यस मुद्धामा सहभागी हुन नहुने तर्क उठेपछि पहिलो पटक संसद भंगको मुद्धामा उनी आफैले सम्वैधानिक इजालस छोडिदिएका थिए ।
यसपटक वरिष्ठताका आधारमा गठन भएमा उनी स्वत पर्नेछन् । त्यसपछि उनले के गर्नेछन् ? त्यो पनि चासोको विषय बनेको छ ।
उनले इजालसमा नवसेमा छैटौं नम्वरमा रहेका न्यायाधीस ईश्वरप्रसाद खतिवडा इजलासमा समेटिनेछन् ।
अर्काेतिर पाचौं नम्वरमा रहेका न्यायाधीस विश्वभरप्रसाद श्रेष्ठ कोरोनाका कारण आइसोलेसनमा छन् । उनी पनि सहभागी नभए अर्का न्यायाधीस आनन्दमोहन भटटराईले स्थान पाउन सक्नेछन् ।
वरियताका हरिकृष्ण कार्की र विश्वभरप्रसाद श्रेष्ठ दुवै संबैधानिक इजालसमा सहभागी नभए इश्वरप्रसाद खतिवडा र अनान्दमोहन भटटराइले स्थान पाउने देखिन्छ । तर कार्की र श्रेष्ठमध्ये एक मात्र सहभागी नभए न्यायाधीस खतिवडाले स्थान पाउन सक्नेछन् ।
प्रतिनिधीसभा विघटनका विरुद्धमा सर्वाेच्चमा ३० ओटा रिट निवेदन दर्ता भएका छन् । यी सवै रिटलाइ सम्वैधानिक इजालसमा लगिएको छ ।
















लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया