माओवादीले लियो प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता
मेरोन्यूज
२०७८ जेठ २३ गते १७:०६
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारको दिएको समर्थन फिर्ता लिएको छ । आइतबार प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
पत्रमा मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा असफल भएको, कोरोना नियन्त्रण (कोभिड–१९) नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकाले समर्थन दिइरहन अनुपयुक्त भएको जनाएको छ । यी कारणले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।
माओवादी केन्द्र प्रदेश १ संसदीय दलको २०७७ चैत १६ गतेको निर्णयले सरकारको समर्थन फिर्ता लिने निर्णय भएको थियो ।
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया