नवनियुक्त दुई मन्त्रीले लिए शपथ ग्रहण
काठमाडौँ । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपननीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले श्रेष्ठ र बिसीलाई मन्त्री सिफारिस गरेपछि मन्त्रिपरिषद् विस्तारका क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार बेलुका उनीहरूलाई नियुक्त गरेका थिए ।
कांग्रेसबाट सरकारमा सहभागी ऊर्जा विकासमन्त्री श्रेष्ठ जुम्ला र सामाजिक विकासमन्त्री बिसी सुर्खेत निवासी हुन् । प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बनाएको हो ।
यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जोडिएको युवा तथा खेलकूद पुनः सामाजिक मन्त्रालयमै फिर्ता गरेको छ । मन्त्रीद्वयले आजै पदभार ग्रहण गरेका छन् ।










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
दोस्रो संस्करणको एनपीएल : आज लुम्बिनी र चितवन भिड्दै
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया