नेता नेपाल भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास

काठमाडौँ । नेकपा माओवादी क्रेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेबाट निष्कासित नेता माधव नेपाललाई भेटर देउवा निवास पुगेका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास पुगेका हुन् ।
प्रचण्ड सोमबार बिहान नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । उनी नेपालसँग करिब ३० मिनेट बसेका थिए ।
आइतबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने हस्ताक्षर फिर्ता गरे पार्टी विं.सं. जेठ ३ को अवस्थामा फर्किने प्रस्ताव पेश गरेका थिए ।
सो गठबन्धनमा नेकपा एमालेका नेता नेपाल पक्षका २३ जना विघटित प्रतिनिधिसभाका सांसदले हस्ताक्षर गरेका थिए ।
नेपाल समूहले ओलीले राखेको प्रस्तावबारे धारणा बनाउन छलफलमा बस्न लागेको बेला नेपाल भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन् ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया