प्रदेश २ मा जसपाका ठाकुर पक्षको बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ २४ गते १२:४२
काठमाडौँ । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहका प्रदेश सांसदहरूको बैठक सुरु भएको छ । आगामी रणनीति बनाउन जितेन्द्र सोनलले बैठक बोलाएका हुन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले ठाकुर–महतो पक्षका ४ मन्त्री हटाएर कांग्रेसलाई सरकारमा ल्याउने तयारी गरेका थिए । तत्कालीन राजपाका संसदीय दलका नेतासमेत रहेका जितेन्द्र सोनलको नेतृत्वमा दलको बैठक बसिरहेको छ ।
आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको विधान बहुमतले पारित गर्दै संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई बहुमतले चयन गरेका छन् ।
प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्दै छ । पहिलो दिनको बैठकमा शुभकामना र सरकारले प्रिबजेट विवरण पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
सम्बन्धित










एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’
पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया