ओलीको विरोध गर्दै प्रचण्डले सोधे : मेरो कारणले नेकपाको एकता नजोगिएको हो र ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूप्रति लक्षित गर्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाको एकता भंग गरेको आरोपको निन्दा गरेका छन् ।
ओलीले आफू एकता पक्षधर भएको र अदालतले एमाले र माओवादीको एकता भंग गरेको नभई प्रचण्डले अरूची देखाएकाले भंग भएको भन्दै एमालेका नेता माधव नेपाल पक्षलाई एकतामा आउन आइतबार ६ बुँदे प्रतिबद्धता जनाएका थिए ।
ओलीले अदालतले नेकपाको नाम फेरेर आउन भनेको तर, त्यस सम्बन्धमा आफूले पहलकदमी लिन खोज्दा प्रचण्डले अरूची देखाएकाले एकता नभएको उल्लेख गरेका थिए ।
ओलीको अभिव्यिक्त आएपछि प्रचण्डले उनको अभिव्यक्तिको कडा शब्दमा टिप्पणी गरेका हुन् । प्रचण्डले माधव नेपालसँग उनकै निवासमा पुगेर आफ्नो कारणले के नेकपाको एकता नजोगिएको हो र ? केपी जीको यो वक्तव्यको सार के हो भन्दै जिज्ञासा राखेका थिए ।
लगत्तै उनले आफ्नो सामाजिक सञ्जालमार्फत ओलीको त्यस प्रकारको अभिव्यिक्तको खण्डन गरेका हुन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’
















चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया