ओलीको विरोध गर्दै प्रचण्डले सोधे : मेरो कारणले नेकपाको एकता नजोगिएको हो र ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूप्रति लक्षित गर्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाको एकता भंग गरेको आरोपको निन्दा गरेका छन् ।
ओलीले आफू एकता पक्षधर भएको र अदालतले एमाले र माओवादीको एकता भंग गरेको नभई प्रचण्डले अरूची देखाएकाले भंग भएको भन्दै एमालेका नेता माधव नेपाल पक्षलाई एकतामा आउन आइतबार ६ बुँदे प्रतिबद्धता जनाएका थिए ।
ओलीले अदालतले नेकपाको नाम फेरेर आउन भनेको तर, त्यस सम्बन्धमा आफूले पहलकदमी लिन खोज्दा प्रचण्डले अरूची देखाएकाले एकता नभएको उल्लेख गरेका थिए ।
ओलीको अभिव्यिक्त आएपछि प्रचण्डले उनको अभिव्यक्तिको कडा शब्दमा टिप्पणी गरेका हुन् । प्रचण्डले माधव नेपालसँग उनकै निवासमा पुगेर आफ्नो कारणले के नेकपाको एकता नजोगिएको हो र ? केपी जीको यो वक्तव्यको सार के हो भन्दै जिज्ञासा राखेका थिए ।
लगत्तै उनले आफ्नो सामाजिक सञ्जालमार्फत ओलीको त्यस प्रकारको अभिव्यिक्तको खण्डन गरेका हुन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया