मदिरा खाने पैसा नदिँदा आगो लगाएर श्रीमतीको हत्या
काठमाडौँ । मदिरा खान पैसा माग्दा नदिएपछि सिराहाको धनगढीमाई नगरपालिका ३ का युवाले ८ महिने गर्भवती श्रीमतीको जलाएर हत्या गरेका छन् । जलेर गम्भीर घाइते भएकी ३० वर्षीय पुजा चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न २९ वर्षीय दीपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले मदिरा खान पैसा माग्दा नदिएपछि पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. तपन कुमार दाहालका अनुसार २१ जेठमा राति करिब साढे ८ बजेतिर गर्भवती चौधरीको निधन भएको हो । उनलाई श्रीमान र सासुले उपचारका लागि लहानस्थित कामना नर्सिङ होम लगेका थिए ।
‘घाइते भएकी चौधरीलाई नर्सिङ होमले विराटनगर लैजान रेफर गरिदिएसँगै उनका श्रीमान फरार भएको देखिन्छ,’ दाहालले भने, ‘मृतककी सासुले राति नै विराटनगरस्थित नोवेल अस्पताल पुर्याएपछि त्यहाँबाट पनि काठमाडौं लैजान भनेपछि काठमाडौं लैजाने क्रममा आइतबार बिहान सिन्धुलीमा मृत्यु भएको हो ।’
श्रीमतीलाई आगो लगाएपछि फरार रहेका चौधरीलाई प्रहरीले आइतबार दिउँसो हनुमाननगरस्थित घरबाट नै पक्राउ गरेको छ । प्रहरी पक्राउ गरेपछि उनले श्रीमतीलाई आगो लगाएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
















शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
Speaker Aryal assumes office
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया