देउवा निवासमा प्रदेश २ र सुदुरपश्चिम प्रदेशका विषयमा छलफल

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधव नेपालबीच बसेको बैठक सकिएको छ ।
बैठकमा प्रदेश २ र सुदूरपश्चिम प्रदेश सरकार विषयमा छलफल भएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले तीन नेताबीचको बैठक साढे ५ बजे सकिएको जानकारी दिए ।
सत्ताशीन दल एमालेमा पार्टी एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति ६ बुँदे प्रस्ताव अगाडि सारेर अपिल गरेपछि नेपाल समूहले के गर्लान् ? भन्ने प्रश्न उठिरहेका बेला नेता नेपाल आफ्नो समूहको स्थायी समितिको बैठक सेकर बुढानीलकण्ठ पुगेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहान नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेट गरी देउवाको निवास पुगेका थिए । देउवासँग झण्डै एक घण्टा छलफल गरेर बाहिरिएका प्रचण्ड त्यसपछि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा पुगेका थिए ।
तर, जब नेपाल पनि आफ्नो समूहको स्थायी समितिको बैठक सकेर देउवा निवास पुगे । त्यसलगत्तै प्रचण्ड दोहोर्याएर देउवा निवास पुगेका थिए ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया