देउवा निवासमा प्रदेश २ र सुदुरपश्चिम प्रदेशका विषयमा छलफल

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधव नेपालबीच बसेको बैठक सकिएको छ ।
बैठकमा प्रदेश २ र सुदूरपश्चिम प्रदेश सरकार विषयमा छलफल भएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले तीन नेताबीचको बैठक साढे ५ बजे सकिएको जानकारी दिए ।
सत्ताशीन दल एमालेमा पार्टी एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति ६ बुँदे प्रस्ताव अगाडि सारेर अपिल गरेपछि नेपाल समूहले के गर्लान् ? भन्ने प्रश्न उठिरहेका बेला नेता नेपाल आफ्नो समूहको स्थायी समितिको बैठक सेकर बुढानीलकण्ठ पुगेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहान नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेट गरी देउवाको निवास पुगेका थिए । देउवासँग झण्डै एक घण्टा छलफल गरेर बाहिरिएका प्रचण्ड त्यसपछि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा पुगेका थिए ।
तर, जब नेपाल पनि आफ्नो समूहको स्थायी समितिको बैठक सकेर देउवा निवास पुगे । त्यसलगत्तै प्रचण्ड दोहोर्याएर देउवा निवास पुगेका थिए ।
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया