मुख्यमन्त्री भट्टलाई मत नदिने ओलीका ७ सांसदलाई नेपाल पक्षले साेध्याे २४ घन्टे स्पष्टीकरण
स्पष्टीकरण चित्तबुझ्दाे नभए काबाहीकाे चेतावनी

काठमाडाैं । नेकपा (एमाले)काे माधवकुमार नेपाल पक्षले सुदूरपश्चिम प्रदेशका मुख्यन्त्री त्रिलाेचन भट्टकाे विपक्षमा मत दिने ७ सांसदलाई २४ घन्टे स्पष्टीकरण साेधेकाे छ । प्रदेशसभा संसदीय दलकाे निर्देशन उल्लंघन गरेकाे भन्दै उनीहरूलाई स्पष्टीकरण साेधिकएकाे हाे ।
स्पष्टीकरण साेधिएका सातै जना ओली खेमाका सांसद हुन् । उनीहरूले मुख्यमन्त्री भट्टकाे विपक्षामा मतदान गरेका थिए । संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका हुन् । प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो ।
उनीहरूलाई भाेलिसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे छ । स्पष्टीकरण चित्तबुझ्दाे नभए राजनीतिक दलसम्बन्धी ऐन तथा पार्टी विधानअनुसार कारवाही हुने पत्रमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलमा नेपाल पक्षकाे अत्याधिक बहुमत छ । प्रदेशसभामा एमालेकाे २५ सांसदमध्ये नेपाल पक्षका १७ र ओली पक्षका ७ जना छन् ।

















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया