ओली र नेपाल मिल्न नखोज्दा एमाले एकतामा समस्या भयो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले नेता योगेश भट्टराईले एमालेको एकताको मुल जड पत्ता लगाउँन आवश्यक रहेको बताएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेताहरुसँग सहकार्य गर्न नखोज्ने र बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल पनि अध्यक्ष ओलीसँग मिल्न तयार नहुदाँ एमाले एकताको समस्याको मुल जड रहेको भन्दै यस विषयमा छलफल गर्नुपर्ने नेता भट्टराईले सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरेका हुन् ।
पछिल्लो समय पार्टी अध्यक्ष केपी ओली महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी गरेका छन् । भने नेता नेपालले शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी गर्न तयार देखिएका छन् ।
पार्टी एकतामा देखिएको मुख्य समस्याका विषयमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी रहेको उनले लेखेका छन् ।
नेता भट्टलाईले सामाजिक सञ्जालमा राखेका धारणा यस्तो छ
एमालेको एकताको मुल जड ?
कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कस्ले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मुल जड यहिं छ ।
यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिक्रिया