अमेरिकामा कोरोनाको खोप लगाउँदा गाँजा उपहार

काठमाडौँ । अमेरिकाको वासिङ्टन राज्यले कोरोना भाइरस (कोभिड–१९)विरूद्धको खोप लगाउने २१ वर्षमाथिका आफ्ना नागरिकलाई गाँजा उपहार दिने कार्यक्रम ल्याएको छ । सो राज्यले खोप लगाएसँगै तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको हो ।
गत सोमबारदेखि लागु भएको उक्त कार्यक्रमलाई ‘जोइन्ट्स फर ज्याब्स’ नाम राखिएको छ । यस कार्यक्रमबाट युवाहरूले खोप लगाउन आशा राखिएको छ । खोप लगाउँदा गाँजा खान पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ ।
वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् । यस्तै, पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत मात्रै रहेका छन् ।
यसबाहेक खोप लगाउनेलाई विभिन्न उपहार योजना अरू राज्यले पनि ल्याएका थिए । एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो ।
यस्तै सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् । केहीले लाखौँ डलरको चिठ्ठा राखेका छन् । एजेन्सी
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया