प्रधानन्यायाधीशले सुनेनन् सरकारी पक्षको कुरा, निवेदकको पक्षबाट बहस सुरु
मेरोन्यूज
२०७८ जेठ २६ गते १२:३४

काठमाडौँ । संवैधानिक इजलासको बहस सुरु भएसँगै पुनर्गठन नहुने भएको छ । सरकारी पक्षका वकिलहरूले न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराईमाथि प्रश्न गर्दै इजलासबाट बाहिरिनु पर्ने माग राख्दै आएकोमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पुनर्गठन नहुने जानकारी दिएका हुन् ।
दुई दिन स्थगित भई बुधबार बसेको इजलासमा प्रधानन्यायाधीश शमशेरले निवेदकको तर्फबाट बहस सुरु गर्न अनुमति दिए । सरकारी पक्षले आफ्नो कुरा सुन्न आग्रह गरे पनि उनले बेञ्चलाई निरन्तरता दिने बताएका थिए ।
बहस सुरु हुनुपूर्व न्यायाधीश ईश्वर खतिवडाले आफूहरू पाएको ऐतिहासिक जिम्मेवारीबाट नहट्ने बताए । उनले भने, ‘अब यो जिम्मेवारीबाट हामी भाग्दैनौँ ।’
उनले थपे, ‘भोलि फाइनल लेख्ने बेला के गर्ने गरौँला, अहिले यो बेञ्च नै फाइनल हो ।’
सम्बन्धित
















मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै
बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रतिक्रिया