३० लाख बढी अवैध रकम सहित २ भारतीय पक्राउ
मेरोन्यूज
२०७८ जेठ २६ गते १५:२१

काठमडौं । रौतहटबाट श्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीले बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्गीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई पक्राउ गरेको हो ।
भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूमाथि प्रहरीले चेक गरेको थियो। सो चेक गर्दा प्रहरीले उनीहरूको झोलाबाट ३० लाख ७६ हजार रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ।
सम्बन्धित














कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया