शनिबार, फागुन १६, २०८२

शेयरमा किन बढिरहेको छ आकर्षण ?

किरण अधिकारी २०७८ जेठ २६ गते १८:१३

काठमाडौँ । देशभर दोस्रो चरणको निषेधाज्ञाका बीच सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनसँगै अध्यादेशबाट आएको बजेटले मूलतः स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राखेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारले ठूला आयोजनालाई निरन्तरता दिने गरी बजेटमा प्रस्तुत भएको छ । बजेट सार्वजनिक भएको दुई हप्ता नपुग्दै शेयरको प्राथमिक बजार (आइपिओ)मा यस वर्षमात्रै कूल ७८ अर्ब रुपैयाँ लगानी भएको छ । यो यो आंकडा २८ वर्षयताकै उच्च हो ।

शेयरमा लगानीकर्ताको आकर्षण बढेसँगै सञ्चालित डिम्याट खाता दुई गुणाले बढेको छ । गत असारसम्म १७ लाख डिम्याट खाता रहेकोमा यस वर्ष बढेर ३५ लाखभन्दा बढी डिम्याट खाता पुगेको छ । यस्तै मेरो शेयरको प्रयोगकर्ता पनि तीन गुणाले बढेका छन् । हाल मेरो शेयरका प्रयोगकर्ता २६ लाख पुगिसकेको छ ।

कोरोनाका कारण निषेधाज्ञा बढेसँगै सामान्या मानिसहरू पनि शेयर बजारमा लगानी गर्ने बढेका छन् । यस्तैमा, काठमाडौँ शंखमुलकी विमला लुईंटेलले माछापुच्छ«े बैंक र चन्द्रागिरि केबल कारको शेयर बजार मूल्य हेर्ने गर्छिन् । उनले आफ्ना माइती र घरका सबै सदस्यलाई शेयर किन्न र कारोबारमा लाग्न आग्रह गरेको बताइन् । यो त उदाहरण मात्र हो । उनी जस्तै देशका सर्वसाधारण अधिकांश कम्पनीको शेयर किन्ने बेच्ने र मध्यस्त कर्ताको काम गर्नेमा लागेका पाइन्छन् ।

शेयर कारोबार मापक नेप्से यो साता लगातार उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन गत आइतबार बजार परिसुचक ५० दशमलव २७ अंकले बढेर २ हजार ९ सय ६ दशमलव ८९ बिन्दुमा पुगेको छ । दोस्रो दिन सोमबार नेप्से शुन्य दशमलव २१ अंकले उकालो लागेर कूल सुचक आइतबार समान २ हजार ९ सय ६ दशमलव ७ बिन्दुमा पुगेको छ ।

यसैगरी हिजो मंगलबार नेप्से परिसुचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ को बिन्दुमा पुगेको हो । यो हाल सम्मकै उच्च हो । यसैगरी आज बुधबार नेप्से १३ दशमलव ५६ बिन्दुले ओरालो लागेर २ हजार ९ सय ४६ दशमलव ५८ बिन्दुमा पुगेको छ ।

शुरुको दिन बढेको नेप्से कारोबारको चौथो दिन बुधबार दोहोरो अंकले नै घटेको छ । यो शेयर कारोबारको नेप्सेमा सूचकमात्र हो । शेयर बजारमा कुनै समुह, कुनै कम्पनीको, कुनै बैंकको शेयर घट्ने बढ्ने गर्ने गर्छ र शेयरवालाको मेरो घटेको मेरो बढेको खुसी र दुःखी हुने देखिन्छ ।

बजेटपछि मौद्रिक नीति आउने भएकाले पनि सकारात्मक संकेत शेयर बजारमा देखिएको अर्थ जानकार एंव क्यापिटल बिजनेश म्यागेजिनका सम्पादक लोकबहादुर चापागाईले बताए । उनले मेरोन्युजसँग कुरा गर्दै कुनै पनि कम्पनीको अस्वभाविक रुपमा एकैपटक बढ्ने घट्नेको कारण थाहा पाउनु पर्ने बताए । उनले राष्ट्रिय जल विद्युतदेखि स–साना कम्पनीको शेयर कारोबारमा सन्तुलनसँगै सकारात्मक हुँदा शेयरमा जान सहज हुने उल्लेख गरे ।

उनले कम्पनीको लाभांश वितरण दर, नगद, बोनस शेयरको अध्ययन, कम्पनीको नाफा कमाउने क्षमताका लागि पीई रेसियो, इपीएस, जगेडा कोष, जम्मा चुक्ता पूँजी, अधिकृत पूँजी र चुक्ता पूँजीको भिन्नतामा अध्ययनसँगै जानकारी गराउनुपर्नेमा जोड दिए ।

शेयर कारोबार मापक केन्द्रको नियमन गर्ने सरकारी निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले कोरोनाको बेला शेयर बजारमा आकर्षित हुनु राम्रो भए पनि सचेतनाको कमीले केही समस्या देखिएको बताए । उनले योजना आयोगदेखि सरकारी निकायका सबै क्षेत्रमा शेयर बजारलाई प्राथमिकता दिए मात्र बजार रेकर्ट तोडेर लिक्वीडिटी र इन्ट्रेस्टरेटमा असर र प्रभाव परेको कुरा प्रष्ट हुने जनाए ।

अहिले शेयर यस बजारमा कमाई जति पनि हुन सक्छ तर घाटा त्यत्तिमात्र हुन्छ जति लगानी गरिएको छ । विश्वमा लाखौँ मानिसले अर्बौंको शेयर किनबेच गर्छन् । शेयर किनेपछि आफ्नो बुद्धि तथा परिश्रम खर्च नगरी मानिसले कमाउन सक्छ । शेयरबजारमा नोक्सानको सम्भावना पनि हुन्छ । तर, दायित्व सीमित हुने भएकाले नोक्सान पनि कम मात्र ओरालो लाग्नु पर्ने हो । सानो घटबढ र कम बिन्दुमा अमलिएको नेप्से २०७८ को दोस्रो महिनामा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ र कारोबार रकम पनि १७ अर्बमा पुगेको छ ।

शेयर बजारमा साधारण शेयरमा आकर्षित हुनेसँगै दोस्रो बजारमा समेत दौडलेको भिड लाग्दैछ । दोस्रो बजारको शेयर किन्दा धेरै सोच्नु पर्ने र शेयर भएको कम्पनीको ३ महिनाको कारोबार हेरेर मात्र किनबेच गर्नु पर्ने भएकाले शेयर बजारप्रति जनाखो हुनु पर्ने देखिन्छ ।

शेयरमा लगानी गर्ने र पेशागत रुपमा शेयर बजारमा लाग्नेले मानवीय गुणलाई हटाउने प्रवितिले गर्दा साधारण तर अरुको लहडमा शेयर किन्नेहरुलाई गाह्रो पर्ने त होइन ? शेयर लगानीकर्तासँगै मध्यस्तकर्तामा चिनिने निर्मल प्रधानले आजको मितिमा नेपालको कुनै कम्पनीको शेयरबाट घाटा नभएकाले १ सय रुपैयाँमा नै आइपिओ किन्न सकिने भएको र प्रत्येक लगानीकर्ता आइपिओको बिन्दुबाट नाफाको चरणमा भएकाले समयानुसार पैसाको महत्वलाई हरेक प्रयोग गर्दा परिवर्तन हुँदै जाने बताए ।

शेयर बजारको लगानी संगठित संस्थामा गरिएको हुन्छ, प्रक्रियागतमा अघि बढ्दा पीडा शेयरबजारले दिने नदिने प्रष्ट हुनु पर्ने भएकाले नेपालले पूँजीवादी अर्थव्यवस्था सञ्चालन गर्दा शेयरबजारमा गरेको लगानीकर्तालाई घाटा नहुनेमा उनले जोड दिए ।

लगानीकर्ता प्रधानले पछिल्लो समय आइपिओमा चिट्ठा प्रणाली हटेकाले गएको वर्षमा २ ओटा कम्पनी नेपाल पुनर्बीमा र नेपाल पूर्वाधार विकास बैंकको १० देखि ६० कित्तासम्म परेको छ भने अन्य सबै कम्पनीको १० कित्ता मात्र आइपिओ परेको अवस्था छ । त्यसैले केही कमाउन चाहने र शेयर लगानीबाट आफ्नो आर्थिक अवस्था सुधार गर्न चाहने जोकोहीले पनि दोस्रो बजारमा कारोबार गर्नु पर्ने हुन्छ ।

मेरोन्युजसँग कुरा गर्दै प्रधानले दोस्रो बजारमा आइपिओमा जस्तो घाटा हुँदै हुँदैन भन्ने कुनै आधार नभए पनि लगानीको दृष्टि कोणबाट आइपिओ राम्रो भए पनि व्यापारका लागि दोस्रो बजारमा जोखिम लिएर कारोबार हुने भए पनि जोखिम लिनका लागि अध्ययन गरेर मात्र लगानी गर्न सर्वसाधारणलाई सुझाव दिए ।

हिजोआज देखिएको शेयर बजारमा लगानी गर्नु जोखिमको अन्तिम बिन्दुमा पुग्नुबाट बच्ने आधार हो भन्ने दाबीलाई सन्तुलनमा ल्याए मात्र शेयरमा लगानी गर्दा मुर्ख भए भनेर गाली खानेले उल्टै उदाहरण पेश गर्दा अन्य व्यक्ति शेयरमा लगानी गरिरहेको पाइन्छ । यो राम्रो कुरा हो । त्यसैले धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जजस्तै शेयर कारोबार गर्ने अर्को संस्था खोल्ने अभियानमा लागेको छ । त्यो पूरा होस् र सबैले शेयर बजार र कारोबारलाई सहज रुपमा बुझ्न सकुन् ।

कोरोनाको बेला उत्पादनमूलक उद्योग, पर्यटन, मनोरञ्जन सबैतिर दर्दनाक अवस्था छ । यस्तो अवस्थामा यछि ठूलो रकमको शेयर कारोबार कसरी भएको छ ? खोजी गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

बजेटले स्थानीय तहलाई अंगीकार गरेको छ ?

पर्यटन, रोजगारी घट्यो : शेयर र विद्युत बढ्यो

प्रतिक्रिया