चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडा अधिक

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैंडा रहेको पाइएको छ । हालै सम्पन्न राष्ट्रिय गैंडा गणनाको तथ्याङ्कअनुसार पश्चिमी क्षेत्रमा धेरै गैंडा भेटिएका हुन् ।
गैंडा गणनाका क्रममा निकुञ्ज र आसपासका क्षेत्रलाई १८ भागमा विभाजन गरिएको थियो । सो क्रममा आएको तथ्याङ्कअनुसार निकुञ्जको मुख्य कार्यालय कसरादेखि पश्चिमतर्फ ४२९ गैंडा भेटिएका हुन् । पूर्वतर्फ यो सङ्ख्या २६५ मात्रै रहेको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ पर्ने सुखीभार क्षेत्रमा सबैभन्दा बढी १५४ वटा गैंडा भेटिएका छन् ।
यो क्षेत्र कसरासँगै जोडिएको क्षेत्र हो । यसलाई मध्यभाग मान्दा पूर्व र पश्चिम उस्तै उस्तै सङ्ख्यामा रहेका छन् । पूर्वमा २६५ र पश्चिममा २७५ रहेका छन् ।
यस वर्षको गणनामा निकुञ्जमा ६९४ गैंडा भेटिएका थिए । पूर्वमा सौराहा आसपासका क्षेत्रमा गैंडाको राम्रो बसोबास रहेको पाइएको छ । यहाँ ९५ वटा गैंडा रहेका छन् । निकुञ्जको पुरानो पदमपुर आसपासका क्षेत्रमा ती गैंडा गणनाका क्रममा भेटिएका हुन् ।
त्यसैगरी सोही क्षेत्रको नजिक बहपुर खोला आसपासमा ६३ वटा गैंडा भेटिएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा कम मकवानपुर जिल्लाको प्रतापपुर क्षेत्रमा एउटा मात्रै गैंडा भेटिएको अधिकारीले जानकारी दिए । त्यस्तै त्रिवेणीको कानामाना क्षेत्रमा तीन वटा मात्रै गैंडा भेटिएका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले घाँसे मैदान र पानीको स्रोतहरु पूर्वमा बढी व्यवस्थित भए पनि पश्चिममा गैंडाको सङ्ख्या बढी भएको बताए ।
भारततर्फ जानसक्ने टेम्पल टाइगर, भेलौजी, सेरी, धजाहा, बगुवनलगायतका क्षेत्रमा १०० भन्दा बढी गैंडा रहेको तथ्याङ्कमा देखिएको छ । ती क्षेत्रमा धेरै गैंडा हुनु जोखिमपूर्ण रहेको बरालको भनाइ छ ।
त्यहाँबाट भारततर्फ गैंडा जान सक्ने भएकाले ती गैंडालाई आन्तरिक स्थानान्तरण गरी पूर्व क्षेत्रमा लैजानुपर्ने बरालले बताए । गणनाअघि नै निकुञ्जका अधिकारीहरुले पश्चिम क्षेत्रका गैंडालाई पूर्वमा ल्याउनुपर्ने बताउँदै आएका थिए ।
केही वर्षअघि राप्ती र नारायणीमा आएको ठूलो बाढीले धेरै गैंडा बगाएर भारत पु¥याएको थियो । केहीलाई उद्धार गरी ल्याइएको भए पनि अझै केही भारतीय क्षेत्रमा रहेको अनुमान छ ।
गणनाका क्रममा ४७४ वटा वयस्क, ९५ अर्धवयस्क र १२५ बच्चा गैंडा भेटिएका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया