कांग्रेस सभापति देउवा पत्नी आरजुलाई पराजित गर्ने राना मन्त्री बन्दै
मेरोन्यूज
२०७८ जेठ २७ गते १३:१३

काठमाडौँ । कैलाली क्षेत्र नं ५ बाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई पराजित गर्ने नारदमुनी राना मन्त्री बन्न लागेका छन् । रानाले राणालाई ४ हजार ८ सय ८० मतान्तरले पराजित गरेका थिए ।
वाम गठबन्धनका तर्फबाट रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन् । प्रधानमन्त्रीले आज विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा उनलाई वन तथा वातावरणमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।
रानाको उद्योगमन्त्रीमा चर्चा रहेको थियो तर उद्योगमन्त्री जसपाका राजकिशोर यादवले पाएपछि राना वनमन्त्री बन्न लागेका हुन् । यसअघि वनमन्त्रीमा सुदूरपश्चिमकै प्रेम आले रहेका थिए ।
उनी पनि विवादमुक्त भने छैनन । रानालाई रातो पासपोर्ट बेचेको आरोप पनि छ ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया