कांग्रेस सभापति देउवा पत्नी आरजुलाई पराजित गर्ने राना मन्त्री बन्दै
मेरोन्यूज
२०७८ जेठ २७ गते १३:१३

काठमाडौँ । कैलाली क्षेत्र नं ५ बाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई पराजित गर्ने नारदमुनी राना मन्त्री बन्न लागेका छन् । रानाले राणालाई ४ हजार ८ सय ८० मतान्तरले पराजित गरेका थिए ।
वाम गठबन्धनका तर्फबाट रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन् । प्रधानमन्त्रीले आज विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा उनलाई वन तथा वातावरणमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।
रानाको उद्योगमन्त्रीमा चर्चा रहेको थियो तर उद्योगमन्त्री जसपाका राजकिशोर यादवले पाएपछि राना वनमन्त्री बन्न लागेका हुन् । यसअघि वनमन्त्रीमा सुदूरपश्चिमकै प्रेम आले रहेका थिए ।
उनी पनि विवादमुक्त भने छैनन । रानालाई रातो पासपोर्ट बेचेको आरोप पनि छ ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया