लाङ्टाङको स्वास्थ्यचौकीमा कोभिड १९ परीक्षण शुरु

रसुवा । पर्यटकीय क्षेत्र लाङ्टाङको स्वास्थ्यचौकीमा कोभिड १९ को प्रारम्भिक परीक्षण शुरु भएको छ । हिउँदयामको अधिकांश समय हुने हिमपातको चिसोपनले सामान्य रूघाखोकी लाग्नासाथ कोरोना सङ्क्रमणकै आशङ्का बढिरहेको वर्तमान अवस्थामा गोसाइँकुण्ड गाउँपालिकाले गाउँघरमै एन्टिजेन परीक्षण गराउने व्यवस्था मिलाएपछि लाङ्टाङका बासिन्दामा उत्साह बढेको छ ।
एन्टिजेन परीक्षणका लागि आफूले धुञ्चेस्थित जिल्ला अस्पतालबाट तालीम लिएको जनाउँदै लाङ्टाङ स्वास्थ्यचौकीका प्रमुख खम्बु बोहोराले कुनै पनि प्राथमिक उपचारमा आफू २४ सै घण्टा तयार रहेको बताए ।
उच्च क्षेत्रमा बसोबास गर्ने हिमाली बासिन्दा एवं आगन्तुक पर्यटकलाई पर्न सक्ने स्वास्थ्य समस्या स्थानीयस्तरमै समाधान गर्न लाङ्टाङ स्वास्थ्यचौकीबाट एन्टिजेन प्रविधिद्वारा कोरोना परीक्षणका साथै अक्सिजन समेतको व्यवस्थापन भएको छ । लाङ्टाङ क्षेत्रमा पुग्ने पर्यटकलाई पदयात्रामा हुन सक्ने श्वासप्रश्वासको समस्या स्थानीयस्तरमै समाधान गर्न यस कार्यले सहज भएको पर्यटन व्यवसायी तेम्बा लामाले बताए । रासस










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया