कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने ४ एमाले सांसदलाई पुनर्वहाली गर्न सर्वाेच्चकाे आदेश
४ सांसदलाई कारवाही गर्ने एमालेकाे १० औं महाधिवेशन आयाेजक कमिटी नै अवैधानिक भएकाे ठहर
मेरोन्यूज
२०७८ जेठ २७ गते २०:०६

काठमाडाैं । सर्वाेच्च अदालतले ‘फ्लोर क्रस’ गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर मतदान गर्ने नेकपा (एमाले)का ४ सांसदलाई पुनर्वहाली गर्न आदेश दिएकाे छ ।
पार्टी ह्वीप उल्लंघन गरेकाे भन्दै एमालेले माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पदमुक्त गरेकाे थियाे । उनीहरूले पुनर्वहालीकाे माग गर्दै सर्वाेच्चमा रिट हालेका थिए ।
न्यायाधीश प्रकाशमान सिंह राउतकाे एकल इजलाशले उक्त आदेश दिएकाे हाे । सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन पनि भनेकाे छ ।
सर्वाेच्चले ४ सांसदलाई कारवाही गर्ने एमालेकाे १० औं महाधिवेशन आयाेजक कमिटी नै अवैधानिक भएकाे ठहरसमेत गरेकाे छ ।




सम्बन्धित













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया