सेवा चुस्त पार्न गृहमन्त्री अधिकारीको निर्देशन

काठमाडाैं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा दिनुपर्ने बताए ।
उनले मन्त्रालयमा आएका काम छिटो र छरितो रुपमा सम्पादन गर्न र सेवाग्राहीलाई ढिलासुस्ती नगर्न पनि निर्देशन दिँदै त्यस्ता गतिविधि पाइए कारवाही गर्ने चेतावनीसमेत दिए । गृहमन्त्री अधिकारीको निर्देशन अनुसार आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।
उनले चुस्त प्रशासनको प्रत्याभूति दिलाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री अधिकारीले गृहका कर्मचारी र सुरक्षा निकाय २४सै घण्टा खटिनुपर्ने उल्लेख गर्दै कार्यालयसमय भनेर पन्छिन नहुनेमा जोड दिए । उनले शान्तिसुरक्षा सबल बनाउन प्रहरी अधिकारीलाई समेत निर्देशन दिए ।
















पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया