मूर्तिलाई लिएर झगडा हुँदा भाइको मृत्यु
मेरोन्यूज
२०७८ जेठ २९ गते १२:१८
काठमाडौँ । महोत्तरीमा घरमा भएको मूर्तिलाई लिएर झगडा हुँदा भाइको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी गाउँपालिकास्थित भ्रमरपुरामा दाजुभाइबीच झगडा हुँदा भाइ लक्ष्मणको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
अंशबण्डा भएको लामो समयपछि दुई भाइबीच घर देउतालाई लिएर कुटपिट हुँदै आएको थियो । तर, शुक्रबार ५० वर्षीय दाइ रामचन्द्र साहसहित परिवारले घरमा एक्लै रहेका ४५ वर्षीय भाइलाई कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका लक्ष्मणको उपचारका क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
भाइको मृत्युपछि दाइसहित उनका परिवार फरार छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित














आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया