बागमतीमा बहुमतले नीति तथा कार्यक्रम पारित

काठमाडौँ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बिहीबार प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार दुई दिन छलफल भएको थियो । छलफलमा ४५ जना सांसद सहभागी भएका थिए ।
नेकपा माओवादी केन्द्रसहित प्रतिपक्ष दलले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएर हावामा नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएको छ ।
सांसदहरूले उठाएका प्रश्नमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए । उनले प्रदेश सरकारले प्रदेशका नागरिकलाई केन्द्रमा राखेर कोरोना नियन्त्रण, उपचार र खोपको सुनिश्चितता हुने गरी नीति तथा कार्यक्रम ल्याएको बताए ।
सांसदहरुले पेश गरेको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसद्मा पेश गरेको थिए । सभामुख श्रेष्ठले स्वीकृतिका लागि प्रस्तुत गरेको सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।
बैठक आगामी असार १ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया